एमाले विवाद सहमति नजिक, कार्यदलको आजको बैठकले अन्तिमरूप दिने | Khabarhub Khabarhub

एमाले विवाद सहमति नजिक, कार्यदलको आजको बैठकले अन्तिमरूप दिने


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यादलले बैठक सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिमरुप दिन आज पनि कार्यदल बैठक बस्दैछ ।

आज बस्ने बैठकले समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने जनाइएको छ ।

कार्यदल सदस्यहरुले सहमतिको विन्दुमा पुगेको जनाउँदै आज बस्ने बैठकले एकताको सन्देश दिने दाबी गरेका छन् ।

‘निर्णायक’ भनिएको हिजोको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई अब बस्ने बैठकमा औपचारिता दिन मात्र बाँकी रहेको बताए ।

उनले भने, ‘कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ यसलाई आइतबारको बैठकले औपचारिकता दिनेछ, तपाइँहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ ।’

नेता डा.भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम