कसरी बनाउने मकै, भटमास र गुन्द्रुकको परिकार ? « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

कसरी बनाउने मकै, भटमास र गुन्द्रुकको परिकार ?



मकै भटमास र गुन्द्रुक नेपालको राष्ट्रिय खाजा भनिन्छ ।

मकै भटमास हरियो मुलाको पातसँग पनि खाने गरिन्छ । यो ज्यादै पौष्टिक र मोटोपनलाई कन्ट्रोल गर्ने हल्का खाजा हो । यसले पेट सफा राख्छ र दिमागलाई समेत फ्रेस गराउँछ ।

आवश्यक सामग्री (चार जनाको लागि) :
तोरीको गुन्द्रुक — १०० ग्राम
नुन — स्वाद अनुसार
रातो खुर्सानी — ४ वटा तेलमा भुटेको
बेसार — २ चिम्टी
सुकेको लसुन — ६ केस्रा
शुद्धो तोरीको तेल — १५ ग्राम
भटमास — २०० ग्राम
मकै — २५० ग्राम
बनाउने तरिका :
-गुन्द्रुक सफा गरी पानी निचोरेर बाटामा राख्ने । नुन, खुर्सानी, लसुन, धनियाको पेष्ट बनाउने । गुन्द्रुक पनि सिलौटामा पिँध्ने, यसले गर्दा स्वाद बाँड्दछ ।
-सबै सामग्री बाटामा राख्ने । तेल राम्ररी मोलेपछि गुन्द्रुक तयार हुन्छ । यसलाई छोपेर राख्ने ।
– चुल्होमा माटोको हाँडी बसाली मकैको सानो घान राखेर भुट्ने, यसो गर्दा राम्ररी पाक्नुको साथै फूल उठ्दछ । भटमास पनि त्यसै गरी भुट्ने थालमा मकै भटमास र गुन्द्रुक राखेर सर्भ गर्ने ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट


भर्खर

0