मलेसियाको हवाई क्षेत्रमा चिनियाँ घुसपैठ भएको भन्दै चिनियाँ राजदूतसँग स्पष्टीकरण मागिँदै | Khabarhub Khabarhub

मलेसियाको हवाई क्षेत्रमा चिनियाँ घुसपैठ भएको भन्दै चिनियाँ राजदूतसँग स्पष्टीकरण मागिँदै


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियाको विदेश मन्त्रालयले १६ वटा विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्नुको कारणसति चिनियाँ दूतावासलाई स्पष्टिकरण माग गरिने बताएका छन् । दक्षिण पूर्व एशियाली सेनाले दक्षिण चीनमा क्षेत्रमा “संदिग्ध” गतिविधि भएको बताएपछि मलेसियाको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण माग गर्ने बताएका हुन् ।

मलेसियाको वायुसेनाले सोमबार जेट विमानहरू उडेको र दृश्य पुष्टीकरण गर्न मलेशियन बोर्नियोको सारावक राज्यबाट करिब ६० समुद्री माइलसम्म यात्रा गरेको जनाएको छ । यसले घटनालाई राष्ट्रिय सार्वभौमिकता र उडान सुरक्षाको लागि गम्भीर खतरा उत्पन्न भएको जनाइएको छ ।

चिनियाँ विमानहरूले धेरै पटक निर्देशन दिए पनि क्षेत्रिय हवाई यातायात नियन्त्रणमा सम्पर्क नभएको वायु सेनाले जनाएको छ ।

मलेसियाका विदेश मन्त्री हिशम्मूद्दीन हुसेनले मलेसियाले कूटनीतिक विरोधको नोट जारी गर्ने र मलेसियाका लागि चीनका राजदूतलाई मलेसियाको हवाई क्षेत्र र सार्वभौमिकताको उल्लंघन भएकोबारे स्पष्टीकरण माग गरिने जनाइएको हो ।

मलेसियाको अडान स्पष्ट भएको उल्लेख गर्दै विदेश मन्त्रालयले कुनै पनि देशहरूसँग मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध हुनुको मतलब, आफ्नो राष्ट्रिय सुरक्षामा सम्झौता गरिन्छ भन्ने बुझाई भएको विदेशमन्त्री हिशम्मुद्दीनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनको दूतावासले यसअघि विमानहरूले नियमित उडान प्रशिक्षण गरेको र अन्य देशहरूको एयरस्पेस उल्लंघन नगरी अन्तर्राष्ट्रिय कानूनको कडाईका साथ पालना गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ३ : २० बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी