कोरोनाबाट बाँके र बर्दियामा थप १५ को मृत्यु | Khabarhub Khabarhub

कोरोनाबाट बाँके र बर्दियामा थप १५ को मृत्यु


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीका अनुसार सोमबार दिउँसो ४.३० देखि आज बिहान ११ बजेसम्म मृत्यु हुनेमा बर्दियाका आठ, बाँकेका पाँच, रुकुम पूर्वका एक र कन्चनपुरका एकजना गरी १५ जना छन् ।

मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिकाका तीन जना छन् । बाँसगढी नगरपालिका­९ का ७३ वर्षिय पुरुष, वडा नं ५ का ६० वर्षिय पुरुष र वडा नखुलेका ४२ वर्षिय महिला रहेका छन् । त्यस्तै बढैयाताल गाउँपालिका–३ का ७८ वर्षिया महिला र वडा नं १ का ८५ वर्षिय पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै गुलरिया–६ का २१ वर्षिय पुरुष, बारबर्दिया–६ का ६३ वर्षीया महिला र ठाकुरबाबा­३ का ४५ वर्षका पुरुष गरी आज सबैभन्दा बढी बर्दियाका सङ्क्रमितको ज्यान गएको छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेका ६८ वर्षिय पुरुष, खजुरा गाउँपालिका–३ का ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ का ४५ वर्षीया महिला, होम आइसोलेसनमा बसिरहेका खजुरा गाउँपालिका–२ का ८८ वर्षिय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षिय पुरुषको पनि कोरानाका कारण निधन भएको छ ।

यसैगरी सिस्ने गाउँपालिका–३ रुकुम पुर्वका ५३ वर्षिय पुरुष र कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका­३ का ६१ वर्षिय पुरुषको समेत कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १५१ जना र बाँकेकै १९७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  २ : ५३ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि