काठमाडौँ उपत्यकाको निषेधाज्ञा दुई साता थप, अझै कडाइ गरिने | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा दुई साता थप, अझै कडाइ गरिने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा दुई साता थप हुने भएको छ ।

अब काठमाडौँमा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुनेछ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई साता थप गर्दै आगामी जेठ १३ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।

थप भएको निषेधाज्ञामा अझै कडाइ गरिने भएको छ ।

बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीका अनुसार निर्णयमा चाँडै हस्ताक्षर गरेर सार्वजनिक गरिनेछ ।

यसअघि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो। त्यस्तै काठमाडौँ उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।

दोस्रो भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ४१ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार