ढिस्कोले पुरिएर बालकको मृत्यु | Khabarhub Khabarhub

ढिस्कोले पुरिएर बालकको मृत्यु


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।

बहानन्दे दोभान सडकखण्डमा सोमबार ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।

फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए ।

ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : २५ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्