अमेरिकामा फाइजरको खोप १२-१५ वर्षका बालबालिकालाई पनि लगाइने | Khabarhub Khabarhub

अमेरिकामा फाइजरको खोप १२-१५ वर्षका बालबालिकालाई पनि लगाइने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले बनाएको खोप अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ ।

अमेरिकी औषधिसम्बन्धी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले बालबालिकामा पनि खोपको स्वीकृति दिएसँगै अब त्यहाँ १२ वर्षमाथिका लाई खोप लगाउन लागिएको हो ।

यो खोप यसअघि १६ वर्षमाथिकालाई दिइदै आएको थियो । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ सय ६० जनामा गरेको परीक्षणको नतिजापछि सुरक्षित देखिएपछि खोपलाई स्वीकृति दिइएको हो ।

एफडिएका कमिस्नर डा. ज्यानेट वूडककले सार्वजनिक जीवनलाई सामान्य तर्फ लैजान बालबालिकालाई पनि खोपलाई स्वीकृति प्रदान गरिएको बताएकी छन् ।

अमेरिकामा अहिलेसम्म खोपको २६ करोड १५ लाख ९९ हजार भन्दा बढी मात्रा खोप लगाइएको छ । पूर्ण खोप लगाउनेको संख्या ११ करोड ५३ लाख ३० हजारभन्दा बढी छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ४० बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक