उद्योग वाणिज्य संघ चुनाव : अतिरित्त मतपत्र फेला परेपछि विवाद, प्रहरीद्वारा लाठीचार्ज | Khabarhub Khabarhub

उद्योग वाणिज्य संघ चुनाव : अतिरित्त मतपत्र फेला परेपछि विवाद, प्रहरीद्वारा लाठीचार्ज


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर उद्योग वाणिज्य संघ चुनावको मतगणना स्थलमा तनाव उत्पन्न भएपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

आइतबार मतगणना स्थलमा भोटिङ भन्दा उम्मेदवारको बढी मत आएको भन्दै विवाद उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको हो ।

शनिबार शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भए पनि मतगणनामा विवाद उत्पन्न भएको हो । शनिवार मध्यरातबाट मतगणना सुरु भएको थियो । मतपरिणाम अनुसार अध्यक्ष पदमा जितेन्द्र महासेठ र कोषाध्यक्षमा प्रमेश्वर साह विजयी भइसकेका छन् । तर मतपरिणाम औपचारिक घोषणा हुन बाँकी छ ।

अन्य उम्मेदवारहरुका अनुसार सदस्य र वरिष्ठ उपाध्यक्षको मतपेटिकामा अतिरित्त मतपत्र फेला परेपछि विवाद उत्पन्न भएको छ । मतगणना स्थलमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार निकटका मानिसहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रहरीले विवादलाई उग्र रुप लिन नदिन लाठी चार्ज गरेको जनाएको छ।

विवाद उत्पन्नपछि मतगणना स्थगित भएको छ । निर्वाचन समितिका संयोजक सन्तोष साहसँग प्रतिक्रिया लिन खोज्दा उनले यस विषयमा केही बोल्न मानेनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ०३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम