यो वर्षको 'वसन्त आरोहण'मा २६ आरोही समूहले सगरमाथा चढ्ने | Khabarhub Khabarhub

यो वर्षको ‘वसन्त आरोहण’मा २६ आरोही समूहले सगरमाथा चढ्ने


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोभिड–१९ महामारीकाबीच उत्साहवर्द्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् ।

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ । एकातर्फ प्रतिकूल परिस्थितिका बावजुद पनि पर्वतारोहणका लागि बाक्लो सङ्ख्यामा विदेशीको आगमन अर्कोतर्फ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटन तथा साहकिय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ । विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका ४१९ आरोहीले आरोहण अनुमति लिएका छन् ।

यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म २६ आरोही समूहका २४४ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।

महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले असहज परिस्थितिका बावजुद पनि सगरमाथासहितमा हिमाल आरोहणका लागि विदेशीको बाक्लो सङ्ख्यामा उपस्थितिले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए ।

एनएमएको तथ्याङ्क अनुसार गत साउन १ देखि फागुन २९ गतेसम्म ६२ वटा पिक जारी भएकामा १६९ पुरुष र २३ महिला गरी १९२ ले पिक आरोहणको अनुमति पाएका छन् । अप्रिल महिनामा धेरै सङ्ख्यामा पिक बिक्री भएकाले यो सङ्ख्या बढ्ने जनाइएको छ ।

पिक पमिर्टबाट हालसम्म रु १६ लाख ८६ हजार रोयल्टी सङ्कलन भएको छ । यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् ।

बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । सेभेन समिट ट्रेकमार्फत हुन लागेको यो आरोहणमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच यसअघि ‘हाई प्रोफाइल’ व्यक्तिको नेपाल भ्रमण, प्रख्यात मुलुकबाट भइरहेको विशिष्ट आरोहणले पनि नेपालको पर्वतीय पर्यटनबारे सकारात्मक सन्देश प्रवाह भइरहेको बताए ।

सगरमाथामा २६ आरोही समूह

वसन्त यामको सगरमाथा आरोहणका लागि हालसम्म २६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । विभागको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी २६आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा चार, नुप्से (७,८६४ मिटर) मा तीन र पुमरी (७,१६१ मिटर) मा एक आरोही समूह छन् ।

यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा चार समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ । सङ्खुवासभामा पर्ने मकालु हिमाल (८,८४६३ मिटर) आरोहणका लागि एक समूहले अनुमति लिएको छ ।

कुन हिमालमा कति आरोही

सगरमाथा आरोहणका लागि २६ समूहका २४४ आरोही छन् । ल्होत्स आरोहणका लागि ५५, अन्नपूर्णमा ४४, धौलागिरिमा ३०, नुप्सेमा २३, टुकुचेमा आठ, पुमरीमा पाँच र मनास्लुमा एक आरोही आरोहणका लागि गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

क्रिकेट विकासमा सहयोग गर्ने आईसीसी अध्यक्षको प्रतिबद्धता

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का  अध्यक्ष ग्रेग बारक्लेले नेपाल

७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या

काठमाडौं– काठमाडौं  उपत्यकामा भएको एक अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

तम्घास– मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले

प्रधानमन्त्रीले नबुझेको प्रमाण

काठमाडौं– कानून विषयको उच्च शिक्षा अध्ययनमा ‘प्रमाणको सिद्धान्त’ बारे अलग्गै

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा