‘हिन्दू सम्राट’को हैसियतमा पूर्वराजा शाहले शाही स्नान गर्दै « Khabarhub

‘हिन्दू सम्राट’को हैसियतमा पूर्वराजा शाहले शाही स्नान गर्दै


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले ‘हिन्दू सम्राट’को हैसियतमा सोमबार गंगामा शाही स्नान गर्ने भएका छन् ।

भारतको उत्तराखण्ड राज्य अन्तर्गत हिन्दूहरुको प्रमुख धार्मिक स्थल हरिद्वारमा आयोजित महाकुम्भ मेलामा शाह दम्पतीले शाही स्नान गर्ने भएका हुन् ।

मेलाका लागि गत विहीबार भारत प्रस्थान गरेका पूर्वराजा शाह दम्पतीको सनातन विधिअनुरुप स्वागत गरिएको छ । हरिद्वारमा पूर्वराजा शाहलाई उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले विशेष स्वागत गरेका थिए ।

हरिद्वार पुगेका शाहले दक्षिणकाली मन्दिर पहुँचमाईको दर्शन गरेका छन् भने सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीबाट आशीर्वाद समेत ग्रहण गरेका छन् ।

महाकुम्भ मेलाका अवसरमा पूर्वराजा शाहले सोमबार ‘हिन्दू सम्राट’को हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका छ।

शाही स्नान कार्यक्रममा स्वामी कैलाशानन्द गिरी, उत्तरखण्डका मुख्यमन्त्री रावत, केदारनाथका पिठाधीश लागायत साधु सन्तको उपस्थिति रहने जनाइएको छ ।

महाकुम्भको मार्च ११ मा पहिलो शाही स्नान भइसकेको छ भने दोस्रोपटकको शाही स्नान अप्रिल १२ अर्थात ३० चैतमा गरिँदैछ ।

कुम्भमेलाका अवसरमा हरिद्वार पुगेका शाहले यसलाई आफ्नो सौभाग्य भनेका छन्। शाही स्नानलाई राजयोगी स्नान पनि भनिन्छ।

सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा शाह दम्पती गत विहीबार भारत प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : २६ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको