टाटा मोटर्सले एकै पटक भित्र्यायो ५ भव्य गाडी, यस्तो छ विशेषता र मूल्य | Khabarhub Khabarhub

टाटा मोटर्सले एकै पटक भित्र्यायो ५ भव्य गाडी, यस्तो छ विशेषता र मूल्य


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालीले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु आज राजधानीमा भव्य कार्यक्रम गरी सार्वजनिक गरेको छ ।

यी गाडीहरु-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ-बि एस सिक्स प्रविधिले सम्पन्न छन् । योसँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ ।

यी गाडीहरू टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएको छ । बदलिँदो समयको माग अनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।

उक्त सार्वजनिक कार्यक्रममा बोल्दै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायांक बाल्डीले भने, ‘टाटा मोटर्स्का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समयदेखि अत्यन्त रुचाइरहनुभएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ । डिजाइन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधारहरु हुन् ।’

उनले थपे – ‘यसै सन्दर्भमा इम्प्याक्ट २.० डिजाइनमा निर्मित बीएस सिक्स रेन्जका गाडीहरुमा पनि डिजाइन, सुरक्षा र आरामको लागि उच्चस्तरिय विशेषताहरु छन् । यसैले यी गाडीहरुले हाम्रो ग्राहक महानुभावहरुको मन जित्न सफल हुने विश्वास हामीले लिएका छौं ।’

यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘बीएस सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीहरु आफ्नो श्रेणीका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुवै दृष्टिकोणले अगाडि रहेका छन् । यिनीहरुले नेपाली उपभोक्ताहरुको बदलिँदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं ।’

१. नयाँ टियागो

१२०० सीसी इन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएको छ । यसको सुरुवाती मुल्य रु २८ लाख रहेको छ ।

२. नयाँ टिगोर

१२०० सीसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । यसको सुरुवाती मुल्य ३२ लाख ५० हजार रहेको छ ।

३. नयाँ नेक्सन

१२०० सीसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (क्ष्च्ब्) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट विशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मुल्य ३९ लाख ९५ हजार रहेको छ ।

४. नयाँ अलट्रोज

१२०० सीसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ ।

यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । यसको मुल्य ३५ लाख ५० हजार रहेको छ ।

५. नयाँ एच फाईभ

२००० सीसी इन्जिन क्षमता भएको एच फाईभको सम्पूर्ण बनावट विशिष्ट वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ ।

एच फाईभ विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध छ । यसको सुरुवाती मुल्य ८४ लाख ९९ हजार रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १२ : ०१ बजे

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त