सबैभन्दा मनपर्ने तस्वीर राख्दै अमेरिकी राजदूत बेरीले दिए महाशिवरात्रि शुभकानमा | Khabarhub Khabarhub

सबैभन्दा मनपर्ने तस्वीर राख्दै अमेरिकी राजदूत बेरीले दिए महाशिवरात्रि शुभकानमा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डि बेरीले महाशिवरात्रिको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमा १३ वर्षअघिको एक तस्वीर शेयर गर्दै शिवरात्रिको शुभकामना दिएका हुन् । उनले नेपालमा ६ वटा शिवरात्रिको अनुभव गर्ने अवसर पाएको बताएका छन् ।

‘महाशिवरात्रीको शुभकामना । मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिँ १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्,’ उनले भनेका छन् ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो ।

परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १० : ५१ बजे

नेपाली सेनाले ऐतिहासिक कोतघरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्