शीर्ष स्थानको सिटीको सहज जित | Khabarhub Khabarhub

शीर्ष स्थानको सिटीको सहज जित


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५-२ गोलले हराएको छ ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले दुई दुई गोल गरे । इल्के गुन्डोगानले एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्ड र चे एडम्सले एक एक गोल फर्काए ।

जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडमाथि १४ अंकको अग्रता बनाएको छ ।  शीर्ष स्थानको सिटीको २९ खेलमा ६८ अंक छ ।

दोस्रो स्थानको युनाईटेडको ५४ अंक रहेको छ । साउथह्याम्पटन ३३ अंक जोडेर १४औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ८ : ३० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक