एक वर्षको अवधिमा मलेसियामा २७५ नेपालीले मृत्यु | Khabarhub Khabarhub

एक वर्षको अवधिमा मलेसियामा २७५ नेपालीले मृत्यु

८३ नेपालीको मुद्धा फैसला, ११२ को विचाराधीन



क्वालालम्पुर– रोजगारीको सिलसिलामा मलेसिया गएका २७५ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । २०२० को जनवरीदेखि डिसेम्बर अन्त्य सम्ममा विभिन्न कारण २७५ जना नेपाली श्रमिकले ज्यान गुमाएको मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थीले जानकारी दिए ।

दूतावासले साप्ताहिक रुपमा गर्ने फेसबुक लाईभ कार्यक्रममा बोल्दै सहचारी पन्थीले आत्महत्या, सडक दुर्घटना, विभिन्न कम्पनीहरुको भित्र दुर्घटना, विभिन्न स्वास्थ्य समस्या लगायतका कारणले नेपालीको मृत्यु भएको हो ।

मलेसियामा आत्महत्या गर्ने तथा सुतेकै अवस्थामा मृत भेटिने नेपालीको सङ्ख्या अलिक बढी रहेको उनले बताए । रोजगारीका लागि यहाँ आएका नेपालीले अनाहकमा ज्यान गुमाउने गरेको देख्दा दूतावास निक्कै दुखित रहेको समेत उनले बताए ।

८३ जनाको मुद्धा फैसला ११२ जनाको विचाराधीन

मलेसियामा विभिन्न करणले जेल जीवन बिताईरहेका नेपालीहरु मध्ये ८३ जना नेपालीको मुद्धा फैसला भएको जसमा अबैधानिक २२ जना लागू औषधका कारोबारी ११ जना अन्य विभिन्न केसका रहेको दूतावासका द्वितीय सचिव तथा जेल साखा हेर्ने प्रेम बहादुर बुढ् थापाले खबरहबलाई जानकारी दिए ।

यस्तै त्यहाँको विभिन्न जेलमा रहेका ११२ जना नेपालीको मुद्धा विचाराधीन रहेको र यसमा आधा जतिको केस भने अबैधानिक भएका करण पक्राउ गरिएको केस रहेको सचिव थापाले बताए ।

यसैगरी २०२०को अक्टोबरपछि डिप्रेशन सेन्टरमा रहेका १३६ मध्ये १०० जनालाई नेपाल फर्काइएको र बाँकी रहेका ३६ मध्ये ३० जनाको गत डिसेम्बर ३० तारिखमा उडान गर्ने तयारी गरिएको भएपनि कोरोनाका करण अहिलेलाई यो कार्य स्थगित गरिएको उनले बताए ।

मलेसियामा वैधानिक तथा अवैधानिक गरी ३ लाख ५० हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम