‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा उक्लियो | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा उक्लियो


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुपन्डोलको फ्रेन्डस क्लबमाथि २-० अन्तरको सहज जितका साथ मनाङ मर्स्याङ्दी सहिद स्मारक‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न चौथो चरणको पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक गोल गरे ।

४०औं मिनेतमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलमा मनाङले अग्रता लिएको थियो । ७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई दिनेशले हेडरमार्फत जाली चुमाउँदै मनाङको अग्रता दोब्बर पारेका थिए ।

मनाङ चार खेलमा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । तीन खेलमा समान सात अंक बटुलेका सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार खेलमा मात्र २ अंक जोडेको फ्रेन्डस भने १०औं स्थानमा छ ।

खेलमा मनाङले पकड बनाएको थियो । दुबै टोलीले गोल गर्ने अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । यसअघि २१औं मिनेटमा अञ्जनको पासमा स्ट्राइकर एडेलाजा सोमिडेले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल पोस्टभन्दा केही माथिबाट बाहिरिँदा मनाङले अग्रताको अवसर गुमएको थियो ।

३९औं मिनेटमा मनाङका आफिजले गरेको प्रहार गोलकिपर राहुल यादवले विफल पार्दै फ्रेन्डसको संकटा टारेका थिए । ४३औं मिनेटमा मनाङले अग्रता दोब्बर पार्ने अवसर गुमायो । पुजन उपरकोटीको फ्रिककमा अञ्जनले गरेको हेडर फ्रेन्डसका रक्षक रोनिल पाउलले बचाएका थिए । फ्रेन्डसको जारी लिगमा अझै जितविहीन छ ।

पौने ५ बजे सुरु हुने दोस्रो खेलमा च्यासल युथ र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : १५ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार