बदनामी हुने र विवादमा आउने काम नगर्न नवनियुक्त मन्त्रीलाई माधव नेपालको निर्देशन | Khabarhub Khabarhub

बदनामी हुने र विवादमा आउने काम नगर्न नवनियुक्त मन्त्रीलाई माधव नेपालको निर्देशन


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।

विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द पार्टीलाई स्वीकार्य नहुने भन्दै यस कुरामा बिशेष ख्याल गर्न पनि उनले निर्देशन दिए । उनले पारदर्शी बन्न र आचारसंहिताको पुर्ण पालना गर्न निर्देशन दिए ।

त्यस्तै अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेकाले एमाले अध्यक्ष केपी ओलीसँग बिद्रोह गर्नुपरेको बताए ।

प्रतिनिधिसभा बिघटन गर्दै असंवैधानिक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आलोचना गर्नेका लागि ढोका बन्द गरेको उनको आरोप छ ।

नेकपा (एकीकृत समाजवादी)बाट चार मन्त्री र एक राज्यमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ४५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला