बालबालिकालाई व्यवहारिक ज्ञान सिक्न उपयोगी बन्नेछ दशैँ | Khabarhub Khabarhub

बालबालिकालाई व्यवहारिक ज्ञान सिक्न उपयोगी बन्नेछ दशैँ


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ सुरु भएसँगै शहरी क्षेत्रका विद्यालयहरू बन्द भएका छन् भने केही बन्द हुने क्रममा छन् । विद्यालय बन्द भएसँगै बालबालिका दशैँ मनाउन गाउँ जाने योजनामा छन् भने केही गइसके ।

गाउँमा भएका विद्यार्थी पनि रमाइलोका साथ दशैँ मनाउने योजनामा छन् । दशैँको समयमा सबै भन्दा धेरै बिदा हुने भएकाले बालबालिकाले विभिन्न योजना बनाएर दशैँ मनाउने योजना बनाउँछन् ।

त्यस्तै कामका लागि विभिन्न शहरमा वा वैदेशीक रोजगारीमा गएका आफन्त नातेदार पनि यसै समयमा आउने भएकाले दशैँमा निकै रमाइलो गर्ने योजना बालबालिका हुन्छन् ।

दशैँ छुट्टीमा रमाइलो सँगै बालबालिकाले विभिन्न व्यावाहारिक तथा अन्य ज्ञानहरू पनि सिक्न सक्छन् ।

शहरबाट दशैँ मनाउँन गाउँ गएका विद्यार्थीहरूले गाउँको रहनसहन, रीतिरिवाज, धर्म संस्कृति, लगायत विभिन्न विषयको ज्ञान लिन सक्छन् भने गाउँमा भएका विद्यार्थीले शहरबाट आएका आफ्नो साथीभाइलाई आफ्नो गाउँको जानकारी दिएर आ–आफ्ना अनुभवहरू साटासाट गर्न सक्ने शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला बताउँछन् ।

यसरी विद्यार्थीले आ–आफ्नो अनुभव साटासाट गर्दा गाउँका विद्यार्थीलाई शहरको बारे थाहा हुन्छ भने शहरका विद्यार्थीले गाउँ बुझ्छन् ।

घटस्थापनाको दिनदेखि दशैँ भित्रिएको छ । घटस्थापनाका दिन घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना राखिएको छ ।

सोही दिनदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । यी विषयलाई पनि विद्यार्थीले आफ्नो अध्ययनको विषय बनाउनसक्ने शिक्षाविद् कोइराला बताउँछन् ।

दशैँ किन मनाइन्छ ? दशैँमा देवीको मात्रै पूजा किन गरिन्छ अन्य देवीदेवताको किन गरिदैँन लगायत विषयमा बालबालिकाले आफ्ना अग्रज अभिभावकहरूबाट थाहा पाउन सक्छन् ।

दिनदिनै किताब पढेर दिक्दार भएका बालबालिकाहरूलाई यस्ता ज्ञानले धर्म संस्कृतिबारे थप जानकारी दिन सक्छ ।

त्यस्तै दशैँ मनाउन गाउँ गएका बालबालिकाहरूले गाँउ र शहरबीचको भिन्नताको ज्ञान लिन सक्छन् । विद्यालयले दशैँमा गाउँ जाने बालबालिकालाई यस्तो खालको गृहकार्य दियो भने विद्यार्थीको ज्ञान फराकिलो हुनसक्छ ।

चार्डपर्वमा पकाइने विभिन्न खानका परिकारहरू बनाउन सिक्नुका साथै परिवारलाई सघाँएर पनि विद्यार्थीहरूले आफ्ना छुट्टी सदुपयोग गर्न सक्छन् । दशैँमा उडाइने चङ्गा, खेलिने पिङको बारेमा पनि अध्ययन गर्न सक्छन् ।

दशैँ पर्व कहिलेबाट कुन राजा, महाराजा वा कुन युगबाट सुरु भएको हो । दशैँ मनाउनु पछिको के रहस्य छ लगायत विषयमा विद्यार्थीहरूले अविभावकसँग कुराकनी गरेर आफ्नो ज्ञानलाई फराकिलो बनाउन सक्छन् ।

त्यस्तै शिक्षकहरूले पनि आफ्नो जिल्ला, गाउँमा पाइने जडिबुटी, कलासंस्कृति, धर्म रीतिरिवाज, कला संस्कृति लगायत विषयको संकलन गरेर विद्यार्थीहरूलाई दशैँपछि विद्यालय खुल्दा पढाउन सक्ने कोइरालाले बताए ।

गाउँघरमा पाइने स्थानीय विषयको ज्ञान संकलन गरेर आफ्ना साथीभाइलाई जानकारी दिने आफ्नो क्षेत्रका विषयमा जानकारी दिने लगायत क्रियाकलाप गर्दा राम्रो हुने र विद्यार्थीहरूले किताबको ज्ञान मात्र नभएर व्यावहारिक ज्ञान पनि सिक्न सक्छन् ।

विद्यार्थीलाई विद्यालयले गृहकार्य दिँदा किताबबाट नभएर उनीहरूको क्षेत्रमा हुने गरेका विषयमा खोज्न लगाउँदा आफ्नो जिल्ला, टोलको विषयमा थप जानकारी लिने अवसर मिल्ने विज्ञहरूको भनाइ छ ।

कोरोना महामारीको समयमा विद्यार्थीले सबल र दुर्वल पक्षको विषयमा अनुभनव साटासाट गर्न सक्नछन् । शहर बजारमा बसेका विद्यार्थीले अनलाइन माध्यमाबाट पढ्दाको अनुभव आफ्ना गाउँका साथीभाइलाई सुनाउन सक्छन् ।
त्यस्तै गाउँका साथीभाइको वैकल्पिक माध्यममा पहुँच नहुँदा भोक्नु परेको समस्या लगायका विषयको अनुभव पनि साटासाट गर्न सक्छन् ।

काठमडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कंडेलका अनुसार विद्यार्थीले यो समय विभिन्न बालमनोविज्ञान सम्बन्धिका किताबहरू पढेर अतिरिक्त ज्ञान हासिल गर्न सक्छन् ।

छुट्टीको समयमा मोवाइलमा गेम खेल्नुको सट्टा जीवनमा आवश्यक पर्ने व्यवाहारिक ज्ञान लिएर विद्यार्थीहरूले छुट्टीको सदुपयोग गर्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार सरसफाइका कुराहरू पनि सिक्न सक्छन् । दशैँपछि धेरै जसो विद्यालयमा भौतिक उपस्थितिमै पढाई हुने सम्भावना बढेकाले किताब पढेर पनि आफुलाई विद्यालय आउन तयार गर्न सक्छन् ।

लामो समय विद्यालय बन्द रहेकाले एक्कासी विद्यालय आएर अध्ययन गर्दा विद्यार्थीहरूलाई पढाइको भार पर्ने भएकाले अहिले देखिनै त्यसको तयारी गर्न उनको सुझाब छ ।

त्यस्तै काठमाडौँ कै प्रर्दशनी मार्गमा रहेको पदमोद्य माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले दशैँ बिदाको समयमा बालबालिकाले आफ्नो परिवारलाई सहयोग गर्न सक्ने बताए ।

कोरोना महामरीको जोखिम रहेकोले विद्यार्थीले चार्डपर्वलाई कसरी व्यवस्थित र सुरक्षित बनाउने भन्ने विषयमा आफुले जाने बुझेका कुरा अरुलाई सिकाएर पनि ज्ञान आदान प्रदान गर्न सक्ने उनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : १८ बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस् 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको

प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको