प्रधानन्यायाधीशको 'कोटा'मा मन्त्री बनेको आरोप लागेका गजेन्द्र हमालले दिए राजीनामा | Khabarhub Khabarhub

प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेका गजेन्द्र हमालले दिए राजीनामा


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ ।

बाँके कांग्रेसका पूर्वसभापति रहेका गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो ।

उनी राणाका जेठान हुन् । उनी मन्त्री भएपछि वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश राणालाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

हमालको नियुक्तिले संकटमा परेका थिए राणा

नातामा जेठान पर्ने हमालको नियुक्तसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संकटमा परेका थिए ।

राणाले राजनीतिज्ञसँग ‘वार्गेनिङ’ गर्दै सरकार पनि चलाउन खोजेको भन्दै वरिष्ठ अधिवक्ताहरुले राजीनामा दिन पनि माग गरेका थिए ।

अधिवक्ता डा. दिनेश त्रिपाठी, शम्भु थापा,  मुक्ति प्रधान, ओमप्रकाश अर्याललगायतले प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा नदिए उनलाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

संविधानवादको मूल आत्मामाथि नै प्रहार गरेको, शक्ति पृथकीकरण ध्वस्त पारेर सरकारसँग राणाको अपवित्र साँढगाँठले न्यायापालिकामाथिको जनविश्वासमा नै आघात पुगेको उनीहरुको आरोप थियो ।

राणाका कारणा सर्वोच्च अदालतको न्यायिक नैतिकताको धरातल नै समाप्त पर्न सक्ने भन्दै पूर्वप्रधानन्यायाधीशहरु तथा न्यायाधीश वृत्तमा समेत चिन्ता र चासो भइरहेका बेला हमाललाई एकाएक राजीनामा दिलाएर संकट टार्न  खोजेको कतिपयको मत छ ।

तत्कालीन ओली सरकारमा पनि भागबण्डा लिएको आरोप खेपेका राणाले संवैधानिक निकायमा भएको सोही सुनुवाइको मुद्दालाई अलपत्र पारेको भन्दै वरिष्ठ अधिवक्ता र न्यायीक वृत्तमा समेत उनको आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ०२ बजे

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।