‘जी ले जरा’मा आलिया, प्रियंका र कटरीना | Khabarhub Khabarhub

‘जी ले जरा’मा आलिया, प्रियंका र कटरीना


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर चाँडै नै दर्शकमाझ नयाँ फिल्म ‘जी ले जरा’ ल्याउदैछन् । अभिनेत्री आलिया भट्टले फिल्मसँग जोडिएको एक प्रोमो भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल भइरहेको छ ।

फिल्मको कथा सडक यात्रा र साथीत्वमा आधारित हुनेछ । फिल्ममा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट एकसाथ देखिँदैछन् । यसअघि फरहानले ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘दिल चाहता है’ जस्ता साथीत्वसँगको सम्बन्ध बोकेको फिल्म बनाइसकेका छन् ।

‘जी ले जरा’को कथा जोया अख्तरले लेखेकी छन् । यो फिल्म एक्सेल इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ । यो व्यानरको स्थापना सन् १९९९ मा रितेश सिधवानी र फरहान अख्तरले मिलेर गरेका थिए । फिल्म सन् २०२३ मा रिलिज हुनेछ ।

अभिनेत्री प्रियंका पछिल्लो पटक फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । त्यस्तै कटरीना सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’मा देखिएकी थिइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : ३० बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य