अन्ततः ओली सरकारको विधिवत् विदाई भयो : डा. भट्टराई | Khabarhub Khabarhub

अन्ततः ओली सरकारको विधिवत् विदाई भयो : डा. भट्टराई


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् डा. बाबुराम भट्टराईले अन्ततः संसदले ओली सरकारलाई विधिवत विदाई गरेको बताएका छन् ।

संसदमा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि ट्वीट गर्दै ओली सरकारको विधिवत विदाई भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीका क्रियापकलापलाई निरंकुश प्रवृतिको संज्ञा दिँदै पूर्ण रुपमा ओली प्रवृतिको अन्त्य भइनसकेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,‘अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।’

त्यस्तै उनले राष्ट्रपतिले तुरुन्त नयाँ सरकार गठनका लागि आह्वन गर्न समेत माग गरेका छन् ।

‘देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६(२)अनुरूप२वा २भन्दा बढी दलको नयाॅसरकार गठन गर्ने आह्वान गरून्!दलहरूले स्वीकारून!’,उनले लेखेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ८ : ५० बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार