नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान (भिडियोसहित) « Khabarhub

नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान (भिडियोसहित)


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसमा समक्ष राखेको प्रसाव अस्वीकृत भएपछि संविधानअनुसार प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुने भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२ ) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न तीन दलले आग्रह गरेका हुन् ।

तीन दलका शिर्ष नेताहरुले विज्ञप्ति जारी गरेसँगै अब नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

संसद भवनबाट बाहिरिने क्रममा नेता खाँणले भने,‘राष्ट्रपतिले धारा ७६ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्ने काम भएपछि वैकल्पिक सरकार गठनका लागि हामी पहल गर्छौँ । तीन दलको हाम्रो प्रयास हो ।’

माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले समेत अब ७६ को उपदफा २ अनुसारको प्रक्रिया शुरु गर्नुपर्ने बताए । उनले भने,‘ नेपालको संविधानको धारा ७६ उपधारा १ अनुसारको सरकारले विश्वासको मत लिन असफल बनेको छ । अब ७६ को २ को प्रक्रियामा जानुपर्छ ।’

त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले भने सरकार अब कामचलाउ मात्रै भएको भन्दै पदमुक्त भएको सरकारले कुनै पनि निर्णय गर्न नहुने बताए ।

हेरौँ भिडियो

यस्तो छ पत्र 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ३५ बजे

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

चन्द्रपुर– चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र

हर्कको पुरानै अडान : प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम

‘मारिया हस्पिटल’ अवैध, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार

काठमाडौं– काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई

पूर्वराष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को