नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान (भिडियोसहित) | Khabarhub Khabarhub

नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान (भिडियोसहित)


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसमा समक्ष राखेको प्रसाव अस्वीकृत भएपछि संविधानअनुसार प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुने भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२ ) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न तीन दलले आग्रह गरेका हुन् ।

तीन दलका शिर्ष नेताहरुले विज्ञप्ति जारी गरेसँगै अब नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

संसद भवनबाट बाहिरिने क्रममा नेता खाँणले भने,‘राष्ट्रपतिले धारा ७६ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्ने काम भएपछि वैकल्पिक सरकार गठनका लागि हामी पहल गर्छौँ । तीन दलको हाम्रो प्रयास हो ।’

माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले समेत अब ७६ को उपदफा २ अनुसारको प्रक्रिया शुरु गर्नुपर्ने बताए । उनले भने,‘ नेपालको संविधानको धारा ७६ उपधारा १ अनुसारको सरकारले विश्वासको मत लिन असफल बनेको छ । अब ७६ को २ को प्रक्रियामा जानुपर्छ ।’

त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले भने सरकार अब कामचलाउ मात्रै भएको भन्दै पदमुक्त भएको सरकारले कुनै पनि निर्णय गर्न नहुने बताए ।

हेरौँ भिडियो

यस्तो छ पत्र 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ३५ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।