पत्नीको हत्या आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

पत्नीको हत्या आरोपमा एक पक्राउ


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सिलौटोले हिर्काएर आफ्नै पत्नीको हत्या गरेको आरोपमा सर्लाहीमा एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पत्नीको हत्या आरोपमा सिरहाको लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्ण पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदव कुँवरका अनुसार विजयलाल कर्णले आइतबार राति घरायसी विवादका कारण मसला पिस्ने सिलौटोले टाउकोमा प्रहार गर्दा ३२ वर्षकी पत्नी उषा देवी कर्णको मृत्यु भएको हो ।

पत्नीको हत्या गर्ने कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १२ : १५ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित