‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’मा पल र अनु पपुलर | Khabarhub Khabarhub

‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’मा पल र अनु पपुलर


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विन्ध्यवासिनी म्युजिक र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ मा यसवर्ष गायक योगेश वैद्यलाई ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ ।

शुक्रबार साँझ राजधानीमा सम्पन्न ११औं संस्करणको अवार्डमा गायक वैद्यलाई सम्मान गरिएको हो । गायक वैद्य स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान अर्पण गरिएको कार्यक्रममा प्रस्तुत भिडियोमा जानकारी गराईएको थियो ।

कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपैंयाँसहित ‘संगीत साधना सम्मान’, गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैंयाँसहित ‘संगीत रत्न सम्मान’ तथा पत्रकार अनन्त वाग्लेलाई २५ हजार रुपैंयाँसहित ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान’बाट सम्मान गरिएको थियो ।

कार्यक्रममा लाइफटाइम अचिभमेन्ट विजेता गायक वैद्यको सम्मानमा सुमन श्रेष्ठ र अजर जंगमले योगशका तथा संगीत साधना सम्मान विजेता गायिका कुन्ती मोक्तानको सम्मानमा उनको गायिका छोरीहरु शितल र सुवानी मोक्तानले गीत गाएका थिए ।

यी हुन् अवार्ड विजेता
पपूलर अवार्ड(अभिनेता–अभिनेत्री)–पल शाह र अनु शाह
अन्तराष्ट्रिय संगीत सम्मान–सुरज गैरे ‘विवश’, दुबई
पब्लिक च्वाइस अवार्ड–गायक नरेश खाती
जूरी अवार्ड गायक–रमेशराज भट्टराई र गीतकार बि. पाण्डे
सर्वोत्कृष्ट गीत–माया हे माया (ध्रुवप्रसाद अम्गाई)
सुगम संगीत सर्वोत्कृष्ट गायक–अस्तायौ किन तिमी (अजर जंगम)
सुगम संगीत सर्वोत्कृष्ट गायिका–मुटु जली खरानी भो (पूर्णिमा तामाङ लामा)
सुगम संगीत सर्वोत्कृष्ट संगीत–म एकदिन झरीमा (बिबि अनुरागी)
सुगम संगीत सर्वोत्कृष्ट रचना– पत्थरको जस्तो मुटु (मोहनकुमार खत्री)
सर्वोत्कृष्ट एरेञ्जर (संगीत संयोजन)–जिन्दगीको के छ र भर (उदयराज पौडेल)
सर्वोत्कृष्ट पप गायक– तिमी र म (धनकिरण गुरुङ)
सर्वोत्कृष्ट पप गायिका– फक्रिन नसकेको फूल (सिर्जना कार्की)
सर्वोत्कृष्ट यूगल गायन– वन चौरी (रामचन्द्र काफ्ले र जुनु रिजाल)
सर्वोत्कृष्ट लोक दोहोरी गायक– बोलिदेउ आधार (शिरिष देवकोटा)
सर्वोत्कृष्ट लोक दोहोरी गायिका–निष्ठुरी रे (सरिता कार्की)
सर्वोत्कृष्ट लोकदोहोरी भाका–फुटेका चुरा (प्रकाश सपुत)
सर्वोत्कृष्ट लोकदोहोरी रचना–मन्जरी (नवराज पन्त)
सर्वोत्कृष्ट लोकदोहोरी गीत–वनपालेको लौरी (करण न्यौपाने)
सर्वोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल–तिमी यति राम्री (दुर्गेश थापा र प्राची लामा)
सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत–देश नदुखोस (तेजेन्द्र काफ्ले)
सर्वोत्कृष्ट लोदोहोरी म्यूजिक भिडियो निर्देशक– लाइदिउ कि मोहनी (काजिश श्रेष्ठ)
सर्वोत्कृष्ट सुगम सगीत म्यूजिक भिडियो निर्देशक–डिजिटल फोटो (देवेन्द्र पाण्डे)
सर्वोत्कृष्ट सुगम संगीत महिला गीतकार–हिउँद लाग्यो (विनिता उप्रेती खनाल)
सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार–वनमा तरुल (राजेश घिमिरे)
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक–तिमी जुन बन्यौ (विनोद बम)
सर्वोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा–माया मारेर (समिक्षा अधिकारी)
सर्वोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभा–म हासे हास्छयौ र ? (देबेन्द्र बब्लू)
सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल–किन अन्धो भइन म (आशिरप्रताप जंग र सारिका केसी)

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : २७ बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु