कमेडी शो चलाउदै बोमन र अरशद | Khabarhub Khabarhub

कमेडी शो चलाउदै बोमन र अरशद


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड कलाकारद्वय बोमन इरानी र अरशद वारसी पुनः एकपटक पर्दामा सँगै देखिने भएका छन् । यद्यपि यसपटक उनीहरु कुनै फिल्मका लागि नभई एक टेलिभिजन रियालिटी शोका लागि सहकार्य गर्न लागेका हुन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार बोमन र अरशद एक कमेडी रियालिटी शोको प्रमुख हिस्सा हुँदैछन् । जुन शो अमेजन प्राइम भिडियोमा हेर्न सकिनेछ । यतिमात्र होइन, शोको प्रतिष्पर्धी बलिउडकै चर्चित कमेडियन हुनेछन् ।

‘करिब ६ महिनादेखि अमेजन यो रियालिटी शोको योजना बनाइरहेको थियो । तर कोरोनाका कारण यो योजनामा केही ढिलाई भएको थियो । अहिले आएर निर्माताहरु शो होस्ट गर्नलाई अरशद र बोमनलाई अनुबन्धित गरेका छन् ।’ शो निकट स्रोतले भनेको छ ।

सुरुवाती चरणमा निर्माताले शोको तीन सिजन ल्याउनेछन् । शोको सिजन कति संख्यामा बढ्छ भन्ने कुरा पहिलो सिजनलाई प्राप्त प्रतिक्रियामा भर पर्नेछ ।

यो शो अष्ट्रेलियाको कमेडी रियालिटी शो ‘लोल–लास्ट वन लाफिङ’को भारतीय भर्सन हुनेछ । शोमा कमेडियन प्रतिष्पर्धीहरु एकापसमा प्रतिष्पर्धा गर्नेछन् ।

उनीहरुको उद्देश्य अर्को प्रतिष्पर्धीलाई हसाउनु पर्ने भए पनि उनीहरुले हसाउदा आफ्नो अनुहार बिगार्न पाइने छैन । यदी उनीहरुको हाउभाउमा केही परिवर्तन आएमा उनीहरुलाई एविक्ट गरिनेछ ।

निर्माताका अनुसार यो शोमा हालसम्म प्रतिष्पर्धीका रुपमा सुनील ग्रोवर, साइरस ब्रोचा, सुरेश मेनन, गौरव गेरा, मल्लिका दुआ र कुशा कपिला फाइनल भइसकेका छन् ।

शो मे महिनामा सुरु हुनेछ । अरशर र बोमनले फिल्म ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्नाभाई’, ‘दन दना दन दोल’ र ‘जोली एलएलबी’मा सहकार्य गरिसकेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ३ : १५ बजे

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा