महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई | Khabarhub Khabarhub

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय छन् । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।

विसं २०७७ को सो पुरस्कार करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा.रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष प्रा.पुरुषोत्तम दाहालले जानकारी दिए ।

यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहेकी ज्ञानु प्रसाईँ सम्मानित हुने भएकी छन् ।

विसं २०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशि एक एकलाख रहेको छ ।

पुरस्कार चयनका लागि डा.विमल कोइरालाको संयोजकत्वमा डा.दिनेश भट्टराई, डा. कुमार कोइराला, दुर्गा घिमिरे र प्रा.नवेन्द्र निधि रहेको समितिले माघ २४ मा बसेको बैठकले गरेको चयनअनुरुप प्रतिष्ठानले उल्लिखित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार निधिको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिने छ ।

निधिको १००औँ जन्मजयन्तीका अवसरमा फागुन १२ गते विचारगोष्ठी र १३ गते महेन्द्रनारायण निधिको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन तथा निधिको स्मारकको अनावरणसमेत गर्ने कार्यक्रम रहेको छ ।

विसं २०६८ देखि सञ्चालित अस्पतालको १०० शैय्या क्षमताको आफ्नै नवनिर्मित भवन वसुन्धारामा रहेको छ ।

नेपालको इतिहासमा मधेश–तराई समुदायबाट राजनीति शुरु गरी राष्ट्रिय व्यक्तित्व बन्न सफल निधिको यो स्मारक चुरे पहाडभन्दा माथिल्लो भागमा पहिलो मधेसी समुदायको स्मृति स्मारक हुनेछ ।

विसं १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मिएका निधिको विसं २०५६ मा निधन भएको थियो ।

विसं २०५८ मा भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले चेतनामूलक, सेवामूलक र विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानको संरक्षक निधिका पुत्र एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ८ : २५ बजे

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन