२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको जानकारी दिएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जना रहेका छन ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा ९९, काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्युठानमा १, बाँकेमा २, रोल्पामा २ र रुपन्देहीमा ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा २, डडेल्धुरामा ७ र बझाङमा १२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : ०४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम