एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा | Khabarhub Khabarhub

एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ ।

स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा रु एक करोड ६४ लाख ८९ हजार ७०० बराबरको सम्पत्तिको स्रोत फेला पर्न सकेन । आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले रु एक करोड दुई लाख ८२ हजार २५८ बराबरको वैध आय गरेको देखिन्छ । उनले रु दुई करोड ६७ लाख ७१ हजार ९५८ बराबरको खर्च तथा लगानी गरेको पुष्टि भएको छ ।

सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १० : ०० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन