परीक्षा केन्द्रमै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग | Khabarhub Khabarhub

परीक्षा केन्द्रमै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच विद्यार्थी संगठनले विद्यार्थीलाई देशका सबै परीक्षा केन्द्र र तोकिएका स्थानमा प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई प्रवेश पत्र देखाएर परीक्षा केन्द्र तथा तोकिएका स्थानहरूमा खोप लगाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘त्रिविले रोकिएका परीक्षाहरु सञ्चालन गरिरहेको र अन्य केही विश्वविद्यालयको पनि परीक्षा चालु रहेको र केही तयारीमा रहेको अवस्थामा परीक्षा सञ्चालनको लागि परिचालन गरिने विश्वविद्यालयको जनशक्ति र विद्यार्थीहरुलाई खोप लगाएर मात्र परीक्षा सुचारु गर्न माग गरेका थियौं । ‘

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले देशभरका विद्यार्थीहरुलाई खोप नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमणको जोखिम बढेको बताएका छन् । यसकै कारण विद्यार्थीहरुमा मानसिक तनाव समेत थपिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ३० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको