एमाले स्थायी कमिटी बैठक जारी, आजै केन्द्रीय कमिटी बैठक बस्दै | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, आजै केन्द्रीय कमिटी बैठक बस्दै


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु उपस्थित यस बैठकले आजै दिउँसो ३ बजे बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक रोक्न माग गरिरहेका बेला संस्थापन पक्षले आफ्नो गतिविधि अगाडि बढाएको हो । यसअघि नेपालपक्षकै आग्रहमा बैठक केही दिन रोकिएपनि संवाद अगाडि नबढेपछि संस्थापनपक्ष अघि बढेको एमाले नेताहरुले बताएका छन् ।

आज स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेश गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ । भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : १० बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन