संरक्षित वन्यजन्तु सालकको छालासहित दुई जना पक्राउ | Khabarhub Khabarhub

संरक्षित वन्यजन्तु सालकको छालासहित दुई जना पक्राउ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला)सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हित बहादुर मगर रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई संरक्षित वन्यजन्तुको जस्तो देखिने एक थान छाला र संरक्षित वन्यजन्तु सालकको छाला सहितको एक थान खपेटा भएको आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा पेश गरिने उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : ४५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार