निषेधाज्ञामा पनि बजार अनुगमन प्रभावकारी रुपमा भइरहेको छ : प्रजिअ पराजुली | Khabarhub Khabarhub

निषेधाज्ञामा पनि बजार अनुगमन प्रभावकारी रुपमा भइरहेको छ : प्रजिअ पराजुली


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका क्रममा पनि बजार अनुगमन प्रभावकारी रुपमा भएको दाबी गरेका छन् ।

संचार केन्द्र नेपालले शुक्रबार काठमाडौँमा गरेको बजार अनुगमनको अवस्था र सुशासन विषयक अन्तरक्रियामा पराजुलीले निषेधाज्ञाका क्रममा पनि बजार अनुगमन भएको र कारबाही पनि गरिएको बताए । उनले बजार अनुगमनमा कसैको दवाव र प्रभाव नपरेको बताए । स्वास्थ्य मापदण्डका साथ खोजिएका बजारमा पनि निरन्तर अनुगमन गरेको उनले बताए । उनले कालाबजारी गर्नेलाई कडा कारवाही गर्ने स्पष्ट पारे ।

त्यस्तै आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले सीमित स्रोत र साधनको बाबजुत पनि विभागले निरन्तर अनुगमन गरिरहेको बताए । चाडपर्वमा अलि बढी अनुगमन गरेको देखिएपनि विभाग अन्य समयमा पनि सक्रिय रहेको र उपभोक्ताको अधिकार स्थापित गर्न गम्भीर रहेको धारणा राखे ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कालाबजारीलाई प्रशासनले संरक्षण गरेसम्म कालाबजारी नरोकिने बताए ।

उनले बजार अनुगमनको अधिकार स्थानीय तहलाई दिँदा अनुगमनको प्रभाव कम हुने जिकिर गरे ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ५६ बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि