रिमालझैँ बहुलाएका हेनरिक इब्सेन सम्बन्धी केही जानकारी « Khabarhub
Logo
१५ श्रावण २०७८, शुक्रबार

रिमालझैँ बहुलाएका हेनरिक इब्सेन सम्बन्धी केही जानकारी



नर्बेली साहित्य मात्र नभएर विश्वसाहित्यकै महान् नाटककार हेनरिक इब्सेन र नेपाली साहित्यका पहिलो गद्य कवि, क्रान्तिको उद्घोष गर्ने स्रष्टा तथा कुशल नाट्यशिल्पी गोपालप्रसाद रिमालको बीच अनौठो साम्यता गाँसिएको छ ।

यिनीहरुको जीवनमा मिलेको संयोग या साम्यता भनेको रिमाल ‘मसान नाटकबाट चिर्चित बने, उता नर्बेली नाटककार इब्सेन ‘पुतलीघर’ नामको नाटकबाट चर्चित भए ।

‘पुतलीघर’ नाटकको अन्तर्वस्तु र ‘मसान’ नाटकको अन्तर्वस्तुमा अनौठो साम्यता भेटिन्छ । फेरि पुतलीघरका लेखक हेनरि इब्सेन पनि जीवनको आखिरी चरणमा नराम्ररी बहुलाए, यता रिमाल पनि बहुलाएर राँची नै लानुप¥यो । यी दुवै स्रष्टाले प्रशस्त शारीरिक तथा मानसिक पीडाहरु खपेर संसारबाट विदा लिनुप¥यो । इब्सेन र रिमालको बीच मिल्ने स्वभाव के थियो भने रिमाल पनि स्वतन्त्रताप्रेमी थिए । कुनै पनि प्रकारका पराधिनता र बन्धनलाई रुचाउँदैनथे । राणाशाही निरङ्कुशताबाट देशलाई मुक्त गर्न जेलनेल, यातना भोगेका थिए ।

इब्सेनले पनि डेन्मार्कको अधीनमा रहेको आफ्नो मातृभूमि नर्बेलाई स्वतन्त्र बनाउन प्रशस्त रचनाहरु लेखे । तत्कालै नर्बे मुक्त हुन नसके पनि उनको जीवनको आखिरी घडीतिर सन् १९०५ मा नर्वे स्वतन्त्र भइछाड्यो ।

महान् नाटककार इब्सेनबाट सिक्नुपर्ने धेरै कुराहरु छन् । पहिलो कुरा उनी आफ्नो निन्दा गर्ने आलोचना गर्ने, पछाडिबाट कुरा काट्ने, छिर्के हान्नेलाई वास्तै गर्दैनथे ।

आफ्नै रचनात्मक काममा एकोहोरो लागिरहन्थे । कसैले गरेको निन्दा सुन्ने, त्यसको जवाफ दिने उनलाई फुर्सदै हुँदैनथ्यो । एकोहोरो आफ्नो मार्गचित्रमा हिँडिरहनु, सतत् साधनामा डुबिरहने उनको महान् विशेषता थियो । यही विशेषताले दर्जनभन्दा बढी उत्कृष्ट नाटकहरु विश्वसाहित्यले प्राप्त ग¥यो । उनको सिद्धान्तै थियो— संसारमा सबैभन्दा बलियो मान्छे त्यही हो जो अत्यन्त एक्लो भएर अलि उभिनसक्छ ।

इब्सेन नर्बेका एक सानो काठव्यापारीका छोरा थिए । दुर्भाग्यवश उनका पिताजीको व्यवसाय चौपट भयो । आर्थिक रुपले उनी नराम्रोसँग डुबे । त्यसकारणले बालक इब्सेनले खुब दुःख पाउनुप¥यो । एउटा औषधी निर्माताकहाँ ६ वर्ष काम सिके ।

सुरुमा उनको स्वभाव विपरीतखालको थियो । उनी घमण्डीमात्रै थिएनन्, जिद्धिवाला, कोहीसँग मिल्न नसक्ने विद्रोहीखालका पनि थिए । उनी परम्परागत समाजमा विद्रोहको तूफान ल्याउन चाहन्थे । सामाजिक अत्याचार, रुढिवादी, र पुरातन चिन्तनका अञ्जिरहरु चुडाउँन चाहन्थे ।

आफ्ना नाटकका पात्रहरुमार्फत् उनले त्यो विद्रोहको ध्वनी घन्काएका छन् । उनले राजासँग पैसा लिएर विश्व भ्रमण र अनुपम अनुभूति सँगाले । जीवित छँदै नाटक लेखेर संसार हल्लाइदिए । बूढेशकालमा यति ठूलो सम्मान भेटे । ठाउँठाउँमा फूलका मालाहरुले पुर्ने काम गरियो ।

यस्ता बेजोड नाट्यकर्मीको जन्म सन् १८२८ मा नर्वेमा भएको थियो भने मृत्यु सन् १९०६ मा भएको थियो ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट


भर्खर

0