एक पटक अलेक्जेन्डरले एक प्रख्यात चित्रकारलाई बोलाएर आफ्नो घोडाको चित्र बनाउन भने । चित्रकारले धेरै परिश्रम गरेर घोडाको चित्र बनाए ।
चित्र देखेर अलेक्जेन्डर मुग्ध त भए, तर आफ्नो अहंकारका कारण चित्रकारको प्रशंसा गरेनन्, बरु ती चित्रका अनेकौँ कमजोरी निकाल्न थाले ।
उनको नियम बुझेर चित्रकारले भने— महाराज, तपाईं चित्रको गुण–दोषको आँकलनका लागि आफ्नो घोडालाई जिम्मा दिनुस् ।
तुरुन्त घोडा ल्याइयो । चित्र देखेर घोडा हिन्हिनाउन थाल्यो ।
अलेक्जेन्डरले सोधे— यो घोडा किन हिन्हिनाइरहेको छ ?
चित्रकारले भने— महाराज, तपाईंमा भन्दा तपाईंको घोडालाई कलाको धेरै ज्ञान रहेछ । चित्रमा भएको घोडालाई आफूजस्तै अर्को घोडा सम्झेर दौडनका लागि बेचैन हुँदै हिन्हिनाएको हो । मेरो कलाको सजीवताको यो सबैभन्दा ठूलो प्रमाण हो ।
सुनेर अलेक्जेन्डर लज्जित भए ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रतिक्रिया