अबैधरूपमा केराउ र स्याउ लोड गरेका १ ट्रक र २ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

अबैधरूपमा केराउ र स्याउ लोड गरेका १ ट्रक र २ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अबैधरूपमा केराउ र स्याउ लोड गरेका २ वटा ट्याक्टर र १ वटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सूचनाका आधारमा पर्साको बीरगञ्ज महानगरपालिका –१९ मा बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २ वटा ट्रयाक्टरलाई जाँच गर्दा अबैध रुपमा राखिएको सामान भेटिएपछि ट्याक्टर र ट्रक नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार चालक भने चेकजाँचका क्रममा फरार भएका थिए । डीएसपी खनालका अनुसार ना१ त ७०४५ नम्बरको को ट्रयाक्टरमा स्याउ ४,००० केजी र ना.४ त८५६२ नम्बरको ट्रयाक्टरमा केराउ ६,००० केजी लोड गरिएको भेटिएको थियो ।

त्यस्तै प्रहरीले बीरगञ्जको घण्टाघरबाट खुद्रा सामान बोकी बीरगञ्जबाट नारायणघाटतर्फ जाँदैगरेको जय बजरंग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धानका लागि ट्याक्टर र ट्रक राजश्व कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : १५ बजे

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो