चीनले पार्टीको शताब्दी वर्ष मनाइरहँदा सी प्रतिको अन्तर्राष्ट्रिय विश्वासममा गिरावट | Khabarhub Khabarhub

चीनले पार्टीको शताब्दी वर्ष मनाइरहँदा सी प्रतिको अन्तर्राष्ट्रिय विश्वासममा गिरावट


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को १०० औं वार्षिकोत्सव मनाउने क्रममा नेता सी जिनपिङले शताब्दीलाई महान सभाको मान्दै चीनको उदयलाई विश्वका लागि नमुनाको रूपमा प्रस्तुत गरेका छन् ।

उनले आफ्नो नेतृत्वमा अन्तर्राष्ट्रिय समुदायले त्यति विश्वास नगरेको कुरालाई लुकाउँदै महान उपलब्धि भएको कुरालाई सार्वजनिक गर्न खोजेका छन् ।

प्यू रिसर्च सेन्टरले हालसालै विश्वको १७ ठूला अर्थतन्त्र भएका मुलुकहरु युरोप, उत्तर अमेरिका र एशिया प्रशान्त क्षेत्रका बीचमा एक सर्वेक्षण गरेको थियो, जसले चीनको बारेमा अत्यन्त नकारात्मक धारणा भएको जनाएको छ ।

यस अध्ययनले संयुक्त राज्य अमेरिका र चीनबची गत वर्ष दुबै देशको नकारात्मक दृष्टिकोण ऐतिहासिक उचाइमा थियो । जो बाइडेनले पदभार ग्रहण गरेदेखि अमेरिकी राष्ट्रपतिमाथिको विश्वास एकदमै बढेको छ भने राष्ट्रपति सी जिनपिंगमाथि विश्वास यथावत् रह्यो र ऐतिहासिकरुपमा कम भएको पाइएको छ ।

२०१४ मा यो प्रश्न पहिलोपटक सोधेको कारण चिनियाँ राष्ट्रपतिका लागि मूल्या‌कन धेरै देशहरूमा विशेष गरी पश्चिमी यूरोपियन देशहरूमा निरन्तर कम रहेको छ । उन्नत अर्थतन्त्रहरूमा अमेरिकाको सकारात्मक दृष्टिकोण सुधार हुँदै भएको छ ।

जब राष्ट्रपति जो बाइडेनले पद ग्रहण गरेपछि चीनका राष्ट्रपतिप्रतिको धारणा सन् २०१३ यताकै ठूलो गिरावट भएको जनाइएको छ । सर्वेक्षण गरिएका देशका ठूला समूहहरूले चीनप्रति नकारात्मक दृष्टिकोण राखेका छन् ।जसमा जापानका ८८ प्रतिशत, नेदरल्याण्ड र स्विडेनमा ८० प्रतिशत मानिस र अष्ट्रेलियामा ७८ प्रतिशतले सीप्रति अविश्वास व्यक्त गरेका छन् ।

प्युले भनेको छ, “केही देशहरूमा द्विपक्षीय तनाव र चीनले कोभिड-१९ महामारीलाई राम्रोसँग सम्बोधन नगरेको धारणाको आधारमा उनीहरूले निरन्तर चीनको आलोचना गरिरहेका छन् । गत वर्ष, पश्चिमी यूरोपभरि, अमेरिकी राष्ट्रपति ट्रम्पको तुलनामा धेरै मानिसहरूलाई सीमा विश्वास गरेका थिए । एक बर्ष पछि भने सीप्रतिको विश्वासमा गिरावट आएको हो । स्रोत -एएनआई

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : ४५ बजे

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका