मदनकृष्ण डिस्चार्ज, डाक्टरले दिए नौ निर्देशन | Khabarhub Khabarhub

मदनकृष्ण डिस्चार्ज, डाक्टरले दिए नौ निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् । गत शुक्रबार राती छाती दुखेपछि मध्यरातमै अस्पताल पुर्याइएका मदनकृष्ण बुधबार डिस्चार्ज भएका हुन् । डिस्चार्जअघि उनलाई चिकित्सकले नौवटा निर्देशन दिएका छन् ।

उनका छोरा यमनले फेसबुकमार्फत बुवा मदनकृष्ण डिस्चार्ज भएको जानकारी दिँदै बुवालाई नौवटा निर्देशनसहित चार हप्ता रेष्ट गर्न भनेको उल्लेख गरेका छन् ।

‘केही हप्ता नो फेसबुक, नो सोसियल मिडिया, नो टु मच न्यूज, नो टु मच मोबाइल, नो टु मच फोन कन्भरसेसन, नो जुम, नो आउटिङ, नो फिल्म सुटिङ र नो प्रोग्राम है भनेर डाक्टरहरुले कडा निर्देशन दिनुभएको छ । जुन बुवालाई असाध्यै मनपर्ने कुराहरुमा पर्छन्’, यमनले लेखेका छन् ।

उनले अस्पतालमा डाक्टरहरुको अगाडि ‘हस’ भन्दै टाउको हल्लाएर आएको जनाएका छन् । यमनका अनुसार गंगालाल अस्पतालका विशेषज्ञ डाक्टरहरुको टिमले शनिबार नै एन्जिओप्लास्टी मेडिकल प्रक्रियाद्वारा दुइवटा स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरोध हटाइएको थियो ।

केही समय अघि मदनकृष्णको परिवारलाई नै कोभिड संक्रमण भएको थियो । अहिले उनीहरु संक्रमण मुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ८ : २० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम