दोधारा चाँदनीको सुन्दरनगरमा एसएसबीको अवरोध हट्यो | Khabarhub Khabarhub

दोधारा चाँदनीको सुन्दरनगरमा एसएसबीको अवरोध हट्यो


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो ।

भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो । सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दरनगरमा छलफल गरी विवाद हल गरेका हुन् । बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख बीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी थिए । छलफलमा एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ । दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ ।

एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ । अधिकारी परिवारले भने जग्गाधनी पूर्जा भएर खेतीपाती गर्दै आएको बताएको छ । गत वर्ष सीमा क्षेत्रमा रहेका दुबै देशका नागरिकलाई दशजगा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भएपनि भारतीय एसएसबीले सिँधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबीले तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताए । यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो । दुई वर्षअघि सुन्दरनगरमा दशगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनव उत्पन्न भएको थियो ।

यसैगरी, भीमदत्त नगरपालिका—९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथस्थित कल्र्भट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने कार्यमा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको छ । –रासस

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ७ : ३८ बजे

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन