कोरोना संक्रमितहरूका लागि विष समान छन् यी खानेकुराहरू | Khabarhub Khabarhub

कोरोना संक्रमितहरूका लागि विष समान छन् यी खानेकुराहरू



विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाईरसले यो बेला संसार आक्रान्त छ । दैनिक लाखौँ मानिसहरू संक्रमित मात्र भएका छैनन् हजारौँ संक्रमितको मृत्युले तिनका प्रियजन विक्षिप्त छन् । नेपालमा १ लाख हाराहारी सक्रिय संक्रमित छन् । दैनिक ५/७ हजारसम्म संक्रमित थपिएपछि हाम्रो स्वास्थ्य प्रणालीले नै नथेग्ने हो कि भन्ने त्रास छ । भाइरसको नयाँ भेरियण्ट र दोस्रो लहरले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा बहुसंख्यक व्यक्तिका परिवार वा आफन्तजनलाई प्रताडित गरेको छ ।

यही बेला कोरोना संक्रमितहरूमा पथ्य अपथ्य नमिलेको कारणले रोगको जटिलता झन–झन बढ्दै गईरहेको छ । संक्रमणमा के खाने के नखाने भन्ने ज्ञान नहुँदा आज संक्रमितहरूने जथाभावी खाने गरेको र रोग विगारेर झन झन सिकिस्त भएर ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा कोरोना संक्रमितहरूले के खाने के नखाने यसबारेको जानकारी उपयोगी बन्न सक्छ ।

संक्रमितले के नखाने

कोरोना संक्रमित प्रतिरक्षा प्रणालीलाई असर गर्ने खाने कुराहरूको सेवन गर्नु हुँदैन । यो बेला औषधोपचारका साथ साथै स्वस्थ आहारको सेवन पनि संक्रमितका लागि अपरिहार्य छ ।

संक्रमणको समयमा खानपिनमा गडबडी भयो भने, यो निको हुन धेरै समय लाग्न सक्छ वा रोग झनै जटिल बन्न सक्छ । यसर्थ खानपिनको विशेष ख्याल राख्नुहोस् । प्रतिरक्षा प्रणालीलाई असर गर्ने खाने कुराहरूको सेवन गर्दै नगर्नुस र रोग प्रतिरोधक क्षमता बढाउने खानेकुराहरूलाई प्राथमिकता दिनुहोस् ।

.जङ्कफूड यानिकी घटिया खानाः सबल प्रतिरक्षा प्रणालीको लागि सन्तुलित, प्राकृतिक एवं पौष्टिक खानाको ठूलो महत्व छ । खानाको गुणस्तर खस्किँदा प्रतिरक्षा प्रणालीको कार्य क्षमता पनि खस्किन्छ । त्यसमा पनि जंङ्क फूड, रिफाईण्ड फूड र मिलावटी खानेकुराहरूको सेवनले प्रतिरक्षा प्रणालीलाई बेस्सरी आघात पुर्‍याउँदछ । यी खानेकुराहरूमा प्रचूर मात्रामा स्याचूरेटेड याट, प्रशोधित चिनी, चाहिनेभन्दा उच्च मात्रामा नुन, स्वादबर्धक रसायन, अजिनोमोटो जस्ता प्रिजरभेटिभ हालिएको हुदाँ यी रसायनहरूले प्रतिरक्षा प्रणालीलाई असर पुर्‍याउँदछ फलतः घाउ–खटिरा छिटो निको नहुने, ईन्लामेशन भइरहने, क्यानसरको जोखिम बढ्ने, मुटु तथा रक्तनलीका रोगहरू लाग्ने, एलर्जीले सताइँरहने र प्रतिरक्षा प्रणाली आत्मघातीसमेत हुने गर्दछ । कोरोना संक्रमणका दैरान जङ्कफूडको सेवन गर्दा संक्रमण झनै जटिल बन्दै जान्छ।

२.कोल्ड ड्रिङ्कसको सेवनः कोकाकोला, पेप्सिकोला, फण्टा, मिरिण्डा, डियू, स्प्राईट जस्ता पेय पदार्थ जसलाई कार्बोनेटेड सफ्टडिङ्क पनि भनिन्छ । यिनीहरूको सेवन पनि संक्रमितका लागि घातक हुन्छ । कोल्डड्रिङ्कको सेवन गर्नाले सर्वप्रथमतः यसले पेट हुस्स पारिदिने र श्वास फेर्न नै गाह्रो बनाइँदिने गर्दछ । यस्तै कोल्लड्रिङ्कमा उच्च मात्रामा हालिएको चिनीले पनि प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउदछ भने भाईसरको वृद्धिलाई पनि टेवा पुर्‍याउदछ। यसर्थ कोरोना संक्रमणका क्रममा कोल्डड्रिङ्कको सेवन नगरौँ । बरू कोल्डड्रिङ्कका सट्टा फलफूलको ताजा रस, कागती पानी, जडिबूटिका काँडा वा कषाया खाने गरौँ।

.तारे भूटेको खानेकुराहरूः कोरोना संक्रमण पश्चात धेरै जनालाई गन्ध र स्वाद हराउने जस्ता समस्या देखा पर्दछन् । यसो हुँदा अधिकांशले तारे भूटेको, अमिलो पिरो हालिएको, चटपटे, खानेकुराहरू खान खोज्दछन् । यदि तपाई पनि कोरोनाबाट संक्रमित हुनुहुन्छ वा भर्खरै संक्रमण जितेर रिकभरी फेजमा हुनुहुन्छ भने यस मामिलामा, आफूलाई अलि नियन्त्रण गर्नुहोस् । मसलादार र तारेभूटेका खानेकुराहरू नखानुहोस् । किनकी तारेभूटेको खानेकुराहरूमा चिल्लो पदार्थको अधिकता हुन्छ जुन पचाउन धेरै समय लाग्दछ । तारेभूटेको खानेकुराले पाचन प्रणालीलाई पनि असर गर्दछ । विभिन्न अनुसन्धानहरूले दर्शायअनुरूप उच्च चिल्लो भएको खानेकुराले प्रतिरक्षा प्रणाली राम्रोसँग काम गर्न दिदैँन । साथै खराब कोलेस्ट्रोललाई पनि बढाउँदछ । यसर्थ कोरोना संक्रमणका दैरान तारेभूटेका, चटपटे, अमिलो पिरो हालिएको खानेकुराहरू खाँदै नखानुहोस्।

.उच्च मात्रामा मसला हालिएको खानाः स्वाद र सन्तुष्टिका लागि खानामा उच्च मात्रामा मसला हाल्ने चलन पूरानै हो । यदि तपाई कोरोनाबाट संक्रमित हुनुहुन्छ भने मसलादार खानाबाट टाढा रहनुपर्छ । मसलादार खाना खाँदा घाँटी दुख्ने, पेट हुडल्ने, छाती पोल्ने, वायु बढ्ने र पेट सम्बन्धी अन्य समस्याहरू हुन सक्छन् । मसलादार खानाले कफको व्याधिलाई पनि बढाई दिन्छ । फलतः कोरोनामुक्त भएकाहरुको रिकभरी सुस्त हुनेदेखि समस्या जटिल हुँदै गएर ज्यानै पनि जान सक्दछ।

.बोतल र बट्टाबद्ध खानेकुराहरूः बोतल र बट्टाबद्ध खानेकुराहरूको सेवन, कोरोना संक्रमितहरूका लागि विष समान छ । यी खानेकुराहरूको सेवनले कोरोना संक्रमणका जटिलतालाई झनै बढुवा दिने गर्दछ । यसो हुनुको कारण के हो भने बोटल र बट्टाबद्ध खानेकुराहरूमा धेरै प्रिजरवेटिव र सोडियम हालिएको हुन्छ । जसले तपाईंको ईन्फ्लामेसनलाई बढाउने गर्दछ। ईन्फ्लामेसन बढ्यो भने कोरोना निको हुन लामो समय लिनदेखि संक्रमणको जटिलता बढेर ज्यानै पनि जान सक्दछ।

. चिनीको सेवनः हामीले मिठो मानी मानी खाने गरेको चिनी वा चिनी हालिएका खानेकुराहरू स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन भन्ने विषय धेरैलाई थाह नहुन सक्छ । तर वास्तविकता हेर्ने हो भने चिनी हाम्रो लागि मिठो विष हो । चिनीले प्रतिरक्षा प्रणालीका कोषहरूको किटाणु मार्ने क्षमतालाई दुर्बल गराई दिन्छ । यसरी दुर्बल हुनुमा यी कोषहरूलाई यथोचित कार्य गर्नका लागि आवश्यक भिटामिन सी लागायतका रसायनहरूलाई चिनीले कोषभित्र जान दिँदैन । फलतः यी कोषहरूको कार्यक्षमता घट्दछ । चिनी यदि चिया, कफी, कोका, सोडा जस्ता पेयको साथमा लिईएको हो भने यी रसायनहरूले प्रतिरक्षा प्रणालीमा अझ धेरै आघात पुर्‍याउँदछ । यसो हुनुको पछाडि चिया, कफी, कोका, सोडामा विद्यमान तत्वहरूले स्नायू तन्त्रलाई लठ्याएर धरै मात्रामा कर्टीसोल उत्सर्जन गर्दछ जसले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्दछ ।

. प्रशोधित खानेकुराहरूः प्रशोधन गरेर प्राकृतिक गुणधर्म नष्ट गरिएका खानेकुराहरू जस्तै प्रशोधित अन्न, मैदाका परिकारहरू, प्रशोधित मासु, संरक्षित खाद्यान्न आदिको सेवन कोरोना संक्रमणका रोगीका लागि विष समान छन् । यी खानेकुराहरूमा प्रचूर मात्रामा ईमल्सिफाएर, प्रिजरभेटिभस र चिनी, कर्नसिरप, नुन, कृत्रिम गुलीयो जस्ता फूड एडेटिभ्स र कृत्रिम रंगहरू हालिएको हुँदा यी खानेकुराहरूको सेवनले प्रतिरक्षा प्रणालीलाई कमजोर तुल्याउँदछ । यी खाने कुराहरूको सेवन गर्दा पेटको भित्री पत्र सुन्निने, पेटका ब्याक्टिेरियाहरू मर्ने आदि हुन्छ जसले प्रतिरक्षा प्रणाली कमजोर हुनका साथ साथै प्रतिघाति पनि हुँन सक्छ।

. रक्सी र चूरोटः लगाएको रक्सीले कोरोनाका किटाणुहरू मारे पनि खाएको रक्सीले संक्रमणलाई झनै बढवा दिन्छ । रक्सीले शरीरमा प्रतिरक्षक कोषहरूको उत्पादनलाई असर पुर्‍याउनुका साथै रगत, रक्तनली, नशा, नाडी, मुटु, कलेजो आन्द्रा आदिलाई पनि आघात पुर्‍याउँदछ। यसका अतिरिक्त रक्सीले हाम्रो शरीरमा जलीय माध्यममा हुने अनेकौँ जैव रासायनिक प्रतिक्रियाहरूलाई रोकी दिने र चुस्त प्रतिरक्षा क्रियाका लागि चाहिने रसायनको शष्लेषणलाई समेत प्रभाव पारि दिने हुँदा रक्सीको सेवन सर्वथा बर्जित मानिएको छ ।

यसैगरि धूमपान पनि प्रतिरक्षा प्रणालीलाई अत्यन्त कमजोर पार्ने तत्व हो । धूमपान गर्दा धूवामा विद्यमान अनेकौँ हानीकारक तत्वहरूले प्रतिरक्षक कोषहरूको कार्य कुशलता कम गरिदिने, कोषहरूमा विद्यमान एण्टीअक्सिडेण्टको गतिविधि निरस्त गरिदिने धेरैभन्दा धेरै फ्रि–रेडिकलहरूको उत्पादन गराई दिने र ती कोषहरूको डीएनए समेत ड्यामेज गरिदिने गर्दछ । कमजोर प्रतिरक्षा भएकै कारण कोभिड–१९ धूमपान कर्ताहरूमा भयाबह बन्ने गरेको छ ।

कोरोना संक्रमितले के खाने

कोरोना संक्रमित बिरामीहरूले उच्च खाद्य रेशा भएको खानेकुरा खानु पर्छ । कोदो, फापर, चिनो चामल, कागुनो चामल, जुनेलो र बाजरा जस्ता अन्न, हरिया सागपात फलफूल एवं तरकारीमा उच्च खाद्य रेशा पाईन्छ । यसैगरि वनस्पतीय प्रोटीनहरू जस्तै सिमी, बोडी, दाल, ताजा फलफूल र तरकारीहरूलाई पनि आफ्नो खानेकुरामा समाबेश गर्न नभुल्नुहोला ।

कोरोना संक्रमितहरूले दैनिक ८ देखि १० गिलास पानी पिउनु पर्दछ । प्रतिरक्षा प्रणाली वृद्धि गर्न र संक्रमण घटाउन, अमला, कागती, सुन्तला, भूइँकटहरजस्ता सिट्रस फलहरू खान दिनुपर्दछ। अदुवा, लसुन, बेसार, मरिच, दालचिनी जस्ता खानेकुराहरूलाई पनि खाने गरौँ । दिनको २ चोटी आफ्नो तौल लाई १० ले गुणन गरेर प्राप्त योगफल बराबर ग्राम चार किसिमका मौषम अनुसारका फलफूल सेवन गर्ने गरौँ । आवधिक उपवासले पनि कोरोना संक्रमणलाई लगाम लगाउन ठूलो मद्यत पुर्‍याउँने हुँदा आवधिक उपवास गरौँ ।

लेखक भरतपुर१ वागीश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन्

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : १० बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु