ओलीलाई नेपाल समूहको अर्को अल्टिमेटम | Khabarhub Khabarhub

ओलीलाई नेपाल समूहको अर्को अल्टिमेटम


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) नेपाल–खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूहको माग सम्बोधनका लागि सोमबार बिहान साढे नौ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।

आइतबार बसेको नेपाल–खनाल समूहको बैठकले सोमबार बिहान साढे नौ बजेसम्मको समयसीमा दिएको उक्त समूहका नेता योगेश भट्टराईले बैठकपछि जानकारी दिए ।

उक्त समयमा पनि आफूहरुको मागको सुनुवाइ नभए आफूहरु प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नसक्ने उनले संकेत गरे ।

आफूहरुका दुईवटा माग रहेको भन्दै उनले पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्किने र सहमतिका साथ अघि बढ्ने अवस्थामा संसदमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न आफूहरु तयार रहेको बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : २८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड