प्रदेश–२ मा माओवादी केन्द्रको दलको नेतामा साह चयन « Khabarhub

प्रदेश–२ मा माओवादी केन्द्रको दलको नेतामा साह चयन


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश–२ मा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टीले शुक्रबार प्रदेश–२ संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको हो ।

सर्वोच्चको फैसलापछि ब्युँउतिएको माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेपछि दलको नयाँ नेताको रुपमा भरतप्रसाद साहलाई चयन गरिएको हो ।

पार्टीको उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह, सचेतकमा रुवी कर्ण चयन भएका छन् । चारैजना नेता सर्वसम्मतले चयन भएका हुन् ।

माओवादी केन्द्रको प्रदेश नम्बर २ मा ११ जना प्रदेश सभा सदस्य रहेका छन् । माओवादी केन्द्र र एमाले ब्युउँतिएपछि चारजना ओली समूहमा लागेका छन् ।

पार्टीले चारजना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

माओवादी केन्द्रमा नफर्किएर एमालेतर्फ लागेका चारजना नेतालाई २४ घण्टा भित्रै स्पष्टीकरण सोध्ने पार्टीले निर्णय गरेको हो ।

प्रदेश सभाका सदस्य रामचन्द्र मण्डल, ज्वाला साह, मोहमद समिर अन्सारी, कुन्दन कुशवाहालाई स्पष्टीकरण माग्ने तयारी गरिएको छ ।
उनीहरू पार्टीमा नफर्किए सांसद पदसमेत खारेज गर्ने पार्टीले चेतावनी दिएको छ । पार्टीले संसदीय दलको विधान बनाउनको लागि विधान मस्यौदा समिति समेत गठन गरेको छ ।

समितिको संयोजकमा भरत प्रसाद साह, सदस्यहरूमा जगत यादव र रामकुमार यादव रहेका छन् ।

दलका नेता साह महोत्तरीबाट निर्वाचित भएका हुन् । यादव समानुपातिक सांसद हुन् भने प्रमुख सचेतक साह सिराहबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह यसअघि दलका उपनेता थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ३३ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय