ठोस निष्कर्षविना सकियो तीन दलको बैठक (भिडियोसहित) | Khabarhub Khabarhub

ठोस निष्कर्षविना सकियो तीन दलको बैठक (भिडियोसहित)

आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसको प्रस्तावमा जसपाले समय माग्यो



काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक ठोस निष्कर्षविना नै सकिएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा बैठकमा नयाँ सरकार बनाउनका लागि कांग्रेसले प्रस्ताव गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘ नयाँ सरकार गठनमा छलफल गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव राख्नुभयो । जुन सरकार भए पनि चुनाव गराउने भएपनि केपी ओलीले सबै कब्जा गर्न खोजे । अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँ भनेर सभापति देउवाले प्रस्ताव गर्नुभयो ।’

सभापति देउवाको प्रस्तावमा जनता समाजवादी पार्टीका नेताहरुले भने अब पार्टीको बैठक बसेर आवश्यक निर्णय गर्ने बताएको प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने,‘जसपाका तर्फबाट बोल्ने नेताहरुले औपचारिक रुपमा कांग्रेसले केपी ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउने प्रस्ताव राखेपछि अब हामीले निर्णय गर्छौ भनेर भन्नुभएको छ । छिट्टै हाम्रो बैठक बसेर निर्णय गर्छौँ भनेर भन्नुभयो ।’

तीन दलको बैठकमा जसपाका नेताहरुले आफ्नो सरोकारको विषयमा समेत जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘जसपाका साथीहरुले उहाँहरुको चासो र सरोकार पनि अघि सार्नुभयो । आन्दोलनका क्रममा लगाइएका मुद्दा, रिहाई लगायतका विषयमा छलफल भयो ।’

अब फेरि अर्को छलफलपछि नयाँ सरकार गठनको बाटो खुल्ने प्रवक्ता श्रेष्ठले विश्वास लिएको बताए ।

यसैगरी बैठकमा सहभागी जसपाका अध्यक्ष महन्थ ठाकुरले समेत सरकार गठनका लागि कांग्रेसले औपचारिक रुपमा पहिलो पटक प्रस्ताव गरेको र त्यसबारेमा आवश्यक निर्णय गर्ने बैठकमै भनेको बताए ।

आफ्ना कारणले नयाँ सरका गठनमा ढिलाई नभएको स्पष्ट पार्दै उनले भने,‘सरकार बनाउनले त आज प्रस्ताव गर्नुभएको छ । अनि हाम्रो कारणले सरकार गठनमा ढिला हुन्छ ?’

हेरौँ भिडियो

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत सरकार गठनको विषयमा कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयबारे जानकारी गराएको र सरकार निर्माणका विषयमा सहमति गर्न प्रस्ताव गरेको जनाए ।

प्रवक्ता शर्माले माओवादी केन्द्रले अहिले सरकारलाई विस्थापन गरेर नयाँ सरकार गठन गर्ने विषयमा आफ्नो स्पष्ट धारणा राखेको बताए ।

जसपाका तर्फबाट औपचारिक रुपमा प्रस्ताव बल्ल आएको छ । यसबारेमा विधिवत रुपमा निर्णय गर्नका लागि केही समय दिन आग्रह गरेको प्रवक्ता शर्माले बताए ।

उनले भने,‘नयाँ सत्ता समीकरणका विषयमा कुरा गर्दैगर्दा औपचारिक बसेको पहिलो बैठक नयाँ सन्दर्भमा प्रवेश गर्दा बडा हार्दिकतापूर्वक मनोवैज्ञानिक एकताको वातावरण बनेको छ । अब जसपाले बैठक बसेर निर्णय गर्नका लागि समय अपेक्षा गरेका कारणले अर्को बैठक बस्नेगरी सहमतिपूर्वक टुंगिएको छ । जसपाका साथीहरुले उपयुक्त निर्णय लिएपछि नयाँ समीकरण निर्माण गर्ने गरी अघि बढ्छौं ।’

तीन दलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवासँगै उपसभापति विमलेन्द्र नीधि लगायतक नेताहरु सहभागी थिए । यसैगरी माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अन्य नेताहरु सहभागी थिए भने जसपाका तर्फबाट जसपाका अध्यक्ष ठाकुर, उपेन्द्र यादव,  डाक्टर बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु उपस्थित थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : १० बजे

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित