७० वर्षयता कसैको मृत्यु नभएको शहर | Khabarhub Khabarhub

७० वर्षयता कसैको मृत्यु नभएको शहर


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा अनेकौं विचित्र घटनाहरु हुने गर्दछन् । कतिपय घटना त सुन्दा वा देख्दा समेत पत्यार लाग्दैन । भनिन्छ, मानिसको जन्म वा मृत्यु कसैको वसमा हुदैन । तर विश्वको एउटा यस्तो विचित्रको शहर छ जहाँ मर्न समेत प्रतिबन्ध लगाइएको छ ।

विश्वमा मृत्युमाथि विजय पाउन सफल एउटा यस्तो शहर छ जहाँ ७० वर्ष यता कसैको पनि मृत्यु भएको छैन । नर्वेको एउटा सानो शहरका रुपमा रहेको लन्गइयरबेनमा प्रशासनले प्राकृतिक नियमको विरुद्ध मृत्यु माथि प्रतिबन्ध लगाएको छ ।

नर्वे र उत्तरी ध्रुवको बीचमा रहेको यस आइल्याण्डमा अत्यधिक चिसो हुने गर्दछ । यस आइल्याण्डमा चिसो मौसममा तापमान यतिधेरै कम हुन्छ कि जहाँ जिउँदो बच्न असम्भव छ । यस शहरको जनसंख्या २ हजार हाराहारीमा छ । तर शहरमा लगाइएको मर्न माथिको प्रतिबन्धका कारणले यहाँ विगत ७० वर्षदेखि कसैको मृत्यु भएको छैन ।

मृत्यु माथिको यो प्रतिबन्ध यस कारण लगाइएको हो कि, यहाँ चिसो अत्यधिक हुने गर्दछ । खासमा चिसोका कारण कसैको यहाँ मृत्यु भएमा उसको शवको व्यवस्थापनमा लामो समय लाग्दछ ।

अत्यधिक चिसोका कारणले शव नष्ट गर्न त्यहा मुस्किल हुन्छ । तसर्थ यदि त्यस क्षेत्रमा कोही मानिस मर्ने अवस्थामा रहे वा स्वास्थ्य जोखिम देखिए उसलाई तत्काल हेलिकोप्टर मार्फत देशको अर्काे क्षेत्रमा ल्याउने गरिन्छ । सो शहर बाहिर नै उसको अन्तिम संस्कार गरिन्छ । यस्तोमा लन्गइयरबेनमा विगत ७० वर्षदेखि कसैको मृत्यु भएको छैन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : १८ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु