नहर भत्किँदा विद्युत् अवरुद्ध | Khabarhub Khabarhub

नहर भत्किँदा विद्युत् अवरुद्ध


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् ।

कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् ।

रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै आएका छन् ।

अवरुद्ध भएको नहर मर्मतका लागि फागुन २२ गतेदेखि २० स्थानीयवासीलाई काममा खटाइएको विद्युत् कार्यालयका सहयोगी हरीकृष्ण जैसीले जानकारी दिए ।

एक हप्ताभित्र विद्युत् सेवा आपुर्ति गर्नका लागि नहर मर्मतमा यहाँका स्थानीयवासी लागी परेका छन् । रुख ढलेर करिब १० मिटर नहर भत्किएको छ ।

तीस किलोवाट क्षमता रहेको विद्युत् प्रसारणको नहरमा ठूलो पानी आएका कारण रुख ढलेर क्षति भएको हो ।

विद्युत अवरुद्ध हुँदा वडा तीनको गोरापाली र ढकानीकुनाका नागरिक सहित वडा नं ४, ५ र ६ का पूरै बस्ती अन्धकार भएको छ । विद्युत प्रसारण लाइनमा भने कुनै समस्या नभएको बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : २० बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा