कृषिमन्त्री अर्यालद्वारा कालिमाटी तरकारी बजार अनुगमन | Khabarhub Khabarhub

कृषिमन्त्री अर्यालद्वारा कालिमाटी तरकारी बजार अनुगमन


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छिन ।

आज कालीमाटीस्थित तरकारी बजार पुगेर उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी हुन ।

मन्त्री अर्यालले तरकारी बजारको ‘स्टल’ र सरसफाइ कार्यलाई व्यवस्थित गर्नका लागि कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर चाँडै मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिइन ।

फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उनले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जाने समेत बताइन ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उनले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताइन । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरण व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको सुनिश्चित सरकारले गर्ने बताइन ।

उत्पादनमा बढावा तथा बजारीकरणका लागि उचित वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाइ थियो । उनले बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल शुरु गर्ने बताइन।

“नेपालमा उत्पादित वस्तुको उत्पादन बढाउन र वस्तु प्रवर्द्धनमा चुनौती रहेको छ । अब बजार कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेतर्फ छिट्टै हामी निष्कर्ष निकाल्छौँ”, उनले भनिन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : ३२ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त