काठमाडौँको टोखामा श्रीमान श्रीमती मृत भेटिए | Khabarhub Khabarhub

काठमाडौँको टोखामा श्रीमान श्रीमती मृत भेटिए


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखामा श्रीमान श्रीमती नै मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार शुक्रबार पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी प्रमेश विष्टका अनुसार उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरी अनुसन्धान अनुसार उमेश केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्किएको खुलेको छ । घटनाको कारण भने खुलेको छैन । डिएसपी विष्टले खबरहबसँग भने, ‘घटना कसरी घट्यो भन्ने नखुले पनि श्रीमान श्रीमतीबीचको विवादले यो अवस्था ल्याएको देखिन्छ । घटनाबारे अनुसन्धान जारी छ ।’

सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद बढेको थियो । यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उमेशको शीरमा चोट पटक देखिएको छ। घटनास्थल नजिकै रगत लागेको ढुँगा समेत भेटिनुले थप शंका जन्माएको हो। अहिले शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पठाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १२ : ०३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम