नेपालमा चिनियाँ नागरिकको अपराध ‘कनेक्सन’ | Khabarhub Khabarhub

नेपालमा चिनियाँ नागरिकको अपराध ‘कनेक्सन’

काठमाडौँबाट अपहरण गर्ने र अपहरणमा पर्ने दुवै चिनियाँ



काठमाडौँ– काठमाडौँको गौशलास्थित एक होटलमा बसिरहेका चिनियाँ नागरिक लि विपिङ र लि झियाङजिङलाई भेट्न भन्दै गत पुस १९ गते चिनियाँ नागरिक वु चाव र झाङ वेले होटल बाहिर बोलाए । भेटघाट भन्दै आफ्नै देशका नगरिकले नै बोलाएपछि उनीहरू पनि होटलबाट बाहिर निस्किए ।

होटल बाहिर एउटा ट्याक्सी रोकिएको थियो । चिनियाँ नागरिकले उनीहरूकै भाषामा ट्यक्सीमा बस्न भनेपछि होटलबाट निस्किएका दुईजना पनि थपक्क ट्याक्सीमा बसे ।

दुईजना नेपाली नागरिकसमेत रहेको ट्याक्सी काठमाडौंबाट सिधै सिन्धुपाल्चोक तिर हुईंकियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रवेश विष्टका अनुसार काठमाडौँबाट हिडेको ट्याक्सी एकैपटक सिन्धुपाल्चोकको मार्मिङ्गामा पुगेर रोकियो र अपहरणकारीले दुईजनालाई ट्याक्सीबाट बाहिर निकालेर अज्ञात स्थानमा पुर्‍याई बन्धक बनाए ।

‘दुईजना चिनियाँ नागरिक अपरहणमा परेको भन्दै उनीहरूका आफन्तले जाहेरी दिए लगत्तै हामीले गोप्य रुपमा अनुसन्धान थाल्यौं,’ परिसरका डिएसपी विष्ट भन्छन्, ‘अपहरणको ५ दिनपनि अपहरणमा परेका दुई व्यक्तिलाई सकुसल उद्धार गरी घटनामा संलग्न चारजना पक्राउ गर्न सफल भएका छौँ ।’

२ चिनियाँ अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेका २ चिनियाँ र २ नेपाली । तस्वीर : नेपाल प्रहरी

१९ पुसमा अपहरणमा परेका दुवैजनालाई प्रहरीले बिहीबार घाइते अवस्थामा उद्धार गरेको हो । अपहरणकारीको कुटपिटबाट उनीहरूको हातखुट्टामा चोट लागेको छ। डिएसपी विष्टले भने, ‘अपहरणकारीको कब्जाबाट दुईजनाको सकुशल उद्धार भयो। यातनाका कारण उनीहरूको शरीरमा चोट देखियो। उनीहरूले उपत्यकाका विभिन्न ठाउँमा लगेर यातना दिएको देखिन्छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

अपहरण गरेको अभियोगमा पक्राउ पर्ने दुई चिनियाँ नागरिक चीन आङ्गखोई उहुका वु चाव र चीन सान्दोङ्का झाङ वे रहेका छन् । उनीहरूसँगै दुई नेपाली सिन्धुपाल्चोकका दाबा पासाङ लामा र माइला भनिने भक्त लामा पक्राउ परेका छन् । प्रहरीका अनुसार चिनियाँ नगरिककै योजनामा उनीहरूको अपहरण भएको थियो भने दुई जना नेपालीले उनीहरूलाई सघाएका थिए । यद्यपी अपहरणको कारण भने खुलिसकेको छैन ।

यता विज्ञहरूले भने अपहरणकारीले काठमाडौँदेखि सिन्धुपाल्चोकसम्म दिनदहाडै ट्याक्सीमा राखेर चेकप्वाइन्ट छल्दै सिन्धुपाल्चोकसम्म पुर्‍याउँदा पनि प्रहरीले पत्तो नपाउनु सुरक्षा संयन्त्रको कमजोरी ठान्छन् ।

आपराधिक घटनामा बढ्दै चिनियाँ संलग्नता
नेपालमा आएर चिनियाँ नागरिक अपराधमा संलग्न देखिएको अपहरणको यो पछिल्लो घटना मात्र हो । अघिल्लो वर्षको फागुन ३० गते ठमेलमको ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहितको चिनियाँ टोलीको भीडले एक्कासी नेपाली ट्याक्सी चालकमाथि आक्रमण गरेका थिए ।

रगताम्मे हुनेगरी चिनियाँ नागरिककले नेपालीलाई पिटेपछि चिनियाँको व्यवहारबाट वर्षौंदेखि आजित ठमेलका व्यापारी र बटुवाको टोलीले ती चिनियाँमाथि प्रतिकार गरेका थिए । घटना लगत्तै प्रहरीले चिनियाँ भीडको नेतृत्व गरेका चिनियाँ व्यापारी वाङ्ग युन फेङ्गलाई पक्राउ गरे पनि पछि त्यत्तिकै छाडिदिएको थियो ।

चिनिया ब्यापारी वाङ्ग युन फेङ्ग, जसले ठमेलमा ट्याक्सी ड्रइभरमाथी आक्रमणको नेतृत्व गरेका थिए

२०७६ पुस महिनामा प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न रहेको भन्दै काठमाडौँका विभिन्न स्थानमा छापा मारी एक सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको त्यो नै सबैभन्दा ठूलो अपरेसन हो। २०७६ भदौ १५ बैंकका एटीएम पीन ह्याक गरी रकम चोर्दै गर्दा प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट पुनः अर्का एकजना चिनियाँ नागरिक समातिएका थिए ।

२०७६ मंसिर १२ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । २०७६ साउन २० गते पनि हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रुपमा ल्याइएको चार किलो सुनसहित पक्राउ परे ।

२०७६ भदौ ८ गते जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ चिनियाँ नागरिक पक्राउ परे । टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ चिनियाँ नागरिक काठमाडौँमा पक्राउ परेका थिए ।

अपराधमा संलग्न चिनियाँ नागरिकले उच्च तहको प्रविधिको प्रयोग गर्ने, चिनियाँ नागरिक पक्राउ परे दुतावाससहित शक्तिशाली निकायबाट छाड्न दबाब आउने गर्दा समस्या बढेको छ ।

यी घटना पछिल्लो एक वर्ष यताका केही प्रतिनिधिमुलक उदाहारण हुन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार अहिलेको घटना बाहेक पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा संलग्न एक सयभन्दा धेरै चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । उनीहरूमध्ये धेरैजसो डलर र तस्करीमा संलग्न थिए । त्यस्तै, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामासमेत चिनियाँ नागरिकहरूको संलग्नता देखिएको छ ।

चिनियाँ संलग्नता बढ्नुको कारण
अहिलेकै प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । तत्कालिन सरकारको त्यो निर्णयसँगै नेपालमा चिनियाँ पर्यटकको आगमन ह्वात्तै बढ्यो ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘जब नेपालमा आउने चिनियाँ नागरिकहरूको संख्या बढ्न थाल्यो तब अपराधका घटनामा उनीहरूको संलग्नता बढ्न थाल्यो ।’

मल्लका अनुसार, अपराधमा संलग्न चिनियाँ नागरिकले उच्च तहको प्रविधिको प्रयोग गर्ने, चिनियाँ नागरिक पक्राउ परे दुतावाससहित शक्तिशाली निकायबाट छाड्न दबाब आउने गर्दा समस्या बढेको छ । भाषाका कारण चिनियाँ दुतावासमा समन्वय गर्न समेत अप्ठेरो हुने भएकाले थप समस्या देखिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : २३ बजे

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको