चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्ने गरी गति छाडे- सूर्य थापा | Khabarhub Khabarhub

चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्ने गरी गति छाडे- सूर्य थापा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चार  पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने गरी वक्तव्यवाजी गरेर गति छाडेको टिप्पणी गरेका छन् ।

शुक्रबार चार पूर्वप्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाएपछि थापाले उनीहरूको कदममा विचाराधिन मुद्दालाई प्रभावित पार्ने दुरासयबाट प्रेरित भएको बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीशको वक्तव्यलाई थापाले असंवैधानिक भएको टिप्पणी पनि गरेका छन् ।

उनले संविधानको भाग ११ न्यायपालिका सम्बन्धी व्यवस्थाको बर्खिलापमा यो वक्तव्य आएको उल्लेख गरेका छन् । यसले भिडको चाहना अनुसार फैसला गर्न प्रेरित गरेको प्रष्ट हुने उनको भनाइ छ ।

थापाले स्वतन्त्र न्यायपालिकाको मर्याद र सम्मान अभिवृद्धि गर्नका निम्ति अवकाशको जीवनमा यो काम गर्नु गतल भएको बताउँदै फेसबुकमा लेखेका छन्, ‘कमसेकम सम्मानित सर्वोच्च  अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला ।’

रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलाशले  गरिरहेको सुनुवाइलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत भएको उनले उल्लेख गरेका छन् ।

नेपालकाे संविधान सेवानिवृत चार जना पूर्व प्रधानन्यायाधीशहरूले लेखेकाे हाेइन । याे त जनताका प्रतिनिधिहरूले लेखेकाे…

Posted by Surya Thapa on Friday, January 8, 2021

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ८ : ५५ बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी