माओवादीले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्री | Khabarhub Khabarhub

माओवादीले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्री


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याएको छ ।

जसअनुसार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् ।

त्यस्तै शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने छन् । महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री बन्नेछन् भने बोधमाया यादव राज्यमन्त्री बन्नेछन् ।

माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन ।

माओवादीका एक नेताले भने, ‘अहिलेसम्म भएको मोटामोटी निर्णय यही हो । यही कार्यान्वयन होला । तर शपथ हुने बेलामा केही तलमाथी हुन सक्छ ।’

वर्तमान सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । जसमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ४१ बजे

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन