विराटनगरबाट गुरु–जी फूड डेलिभरी सुरु | Khabarhub Khabarhub

विराटनगरबाट गुरु–जी फूड डेलिभरी सुरु


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि गुरु–जी फूड डेलिभरी’ सेवा विराटनगरबाट सुरु गरेको छ । काठमाडौंमा भने यो सेवा तिहारपछि सुरु हुनेछ । सेवा सुरु गरेको अवसर पारेर ‘गुरुजी फुड डेलिभरी’ले सुरुवाती समयको लागि खानेकुरामा १५ प्रतिशत छुट र डेलिभरी निःशुल्क दिएको छ ।

खानाको डेलिभरी सेवा दिँदै आएको गुरु–जी फूड डेलिभरीले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ ।

यो सेवा पाउनका लागि मोबाइल बाहकले प्लेस्टोरबाट ‘गुरुजी फूड डेलिभरी एप’ डाउनलोड गरेर त्यसमा एकाउण्ट खोल्नुपर्ने वा एपमा साइनअप गर्नुपर्ने हुन्छ । लगइन गर्दा युजरलाई ‘युनिक रेफरल कोड’ आउँछ । जुन कोड प्रयोगकर्ताको साथीले रजिष्टर्ड गर्दा प्रयोगकर्ता र उनका साथीले ‘क्वाइन’ कमाउन सक्छन् । त्यसपछि गुरुजी एपलाई फेसबुक वा इन्स्टाग्राम एपमा शेयर गर्नुपर्नेछ ।

यो अफर अन्तर्गत एक विजेताले स्मार्टफोन उपहार पाउनेछन् । त्यस्तै ५ विजेताले एक हजार रुपैंयाँको फूड भौचर पाउनेछन् । त्यस्तै १० विजेताले पाँच सय रुपैंयाँ बराबरको फूड भौचर पाउनेछन् ।

‘गुरुजी फूड डेलिभरी’ले आफ्ना परिवार तथा नजिकका साथीभाईलाई यो सेवा लिनका लागि प्रोत्साहन वा सिफारिस गर्न भनेको छ । यो अफर यही कार्तिक १५ गतेसम्म लागु हुनेछ । यसको नतिजा भने कार्तिक १८ गते लक्ष्मीपूजाको दिन सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ३५ बजे

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन