जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प | Khabarhub Khabarhub

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानमा शक्तिशाली भूकम्प आएको छ ।

जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ । भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ ।

स्थानीय समयअनुसार बिहीबार बेलुका १०.४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन् । उनीहरू केही बेर त्रसितसमेत भएका थिए ।

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन ।

भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ५० बजे

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,